पुलवामामा ठूलो आतङ्की हमला : सीआरपीएफका 42 जवान शहीद

0
1339
बिहीबार बेलुकी पुलवामामा आतङ््की हमला क्षतिग्रस्त भएको सीआरपीएफको वाहन। (फोटो साभार : इन्टरनेट)

श्रीनगर,  14 फरवरी : जम्मू कश्मीरको पुलवामा जिल्लामा बिहीवार बेलुकी भएको ठूलो आतङ्की हमलामा 42 जना सीआरपीएफ जवान शहीद भएका छन्।

शहीद जवानहरूको सङ्ख्या बढ़्ने आशङ्का जताइएको छ। उरीमा सेप्टम्बर 2016 -मा भएको आतङ्की हमलापछि कश्मीरमा सुरक्षा बलमाथि भएको  यो अहिलेसम्मकै सबैभन्दा ठूलो आतङ्की हमला हो।

बिहीवार श्रीनगर-जम्मू हाइवेमा अवस्थित अवन्तिपोरा क्षेत्रमा आतङ्कीहरूले सीआरपीएफको एक लश्करलाई तारो बनाए। यो लश्करमा सीआरपीएफका 70 गाड़ी थियो। यो हमलापछि दक्षिण कश्मीरको धेरै क्षेत्रमा सुरक्षा एजेन्सीले हाइअलर्ट जारी गरिएको छ।

जैश आतङ्की आदिल डार हमलाको षड़यन्त्रकारी
आतङ्की सङ्गठन जैश-ए-मोहम्मदले यो हमलाको जिम्मेवारी लिएको छ। बताइँदैछ, आदिल अहमद डार नामका आतङ्कीले यो हमलाको षड़यन्त्र रचेका थिए।

आदिल पुलवामाको काकापोरा क्षेत्रका वासिन्दा हुन्। सीआरपीएफको 54औं बटालियनका जवानहरूलाई आतङ्कीहरूले यो हमलामा तारो बनाए।

टाइम्स नाउका अनुसार बिहीवार बेलुकी केन्द्रिय रिजर्भ पुलिस बलका जवानहरूमाथि अवन्तिपोराको गरिपोरा नजिक यो हमला भएको हो। 
विस्फोटकहरूले भरिएको गाड़ीद्वारा ठक्कर
समाचार एजेन्सी पीटीआईका अनुसार विस्फोटकहरूले भरिएको एक गाड़ी लिएर जैश-ए-मोहम्मदका आतङ्की आदिलले सीआरपीएफ जवानहरू रहेको बसलाई ठक्कर दिए। बताइँदैछ, लश्करको जुन बसलाई आतङ्कीहरूलाई तारो बनाइयो, त्यसमा 42 भन्दा जवान सवार थिए।

आत्मघाती हमलाकारी आदिल 2018 -मा जैशमा सामेल भएका थिए। हमलापछि जवानहरूलाई तत्कालै श्रीनगरको अस्पतालमा सार्ने काम शुरु गरिएको छ।

सीआरपीएफको लश्करमा 70 गाड़ी
दर्जनौं घाइते जवानहरूलाई अस्पतालमा भर्ती गरिएको छ, जहाँ उनीहरूको उपचार चलिरहेको छ। यसमध्ये धेरै जवानको अवस्था गम्भीर बताइएको छ। जुन लश्करमा यो आतङ्की हमला भयो, सीआरपीएफको त्यो लश्कर जम्मूबाट श्रीनगरतर्फ गइरहेको थियो। यसमा दुई हजारभन्दान अधिक जवान सामेल थिए।

समाचार एजेन्सी एएनआईका अनुसार सीआरपीएफको जुन लश्करमा हमला भयो, त्यो लश्करमा 70 वाहन थिए। यो लश्करकै एक गाड़ीलाई तारो बनाइयो।

हमलाबारे सीआरपीएफका आईजी जुल्फिकार हसनका अनुसार जम्मू-कश्मीर पुलिसले जाँच गरिरहेको छ। घाइते जवाहरूलाई अस्पतालमा शिफ्ट गरिएको छ। र विस्फोट स्थलमा छानबिन गरिँदैछ।

दक्षिण कश्मीरमा अलर्ट, सर्च अपरेशन जारी 
यो हमलाको जानकारी पाएलगत्तै तत्कालै पुलवामामा रहेका सेना, जम्मू-कश्मीर पुलिस र सीआरपीएफका अन्य कम्पनीहरूलाई अवन्तिपोरा पठाइएको छ। आतङ्की हमलापछि सेनाले अहिले जम्मू-श्रीनगर हाइवेमा ट्राफिक बन्द गर्दै  अवन्तिपोरा र छेउछाउका क्षेत्रहरूमा व्यापक मात्रा सर्च अपरेशन शुरु गरेको छ।

यसका साथै पुलवामा, शोपियाँ, कुलगाम र श्रीनगर जिल्लामा हाई अलर्ट जारी गरिएको छ। हमलामा घाइते जवानहरूको उपचार लगातार जारी छ। र सुरक्षा एजेन्सीका अधिकारीहरूले लगातार परिस्थितिमा दृष्टि राखेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here