गान्तोक, ८ मार्चः सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) छोडेर सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-मा सामेल हुने क्रम जारी छ।
आज एसडीएफको पूर्व जिल्ला चेली मोर्चा समन्वयक अनिता तामाङले पनि आफ्नो पार्टी त्यागेर एसकेएममा सामेल बनेकी छन्।
मिन्तोकगाङमा मुख्यमन्त्री तथा एसकेएम पार्टी अध्यक्ष पी.एस. गोलेको हातबाट उनले एसकेएमको झण्डा समाएकी हुन्।
यस अवसरमा राज्य सरकारका स्वास्थ्य मन्त्री डा. एम.के. शर्मा पनि उपस्थिति थिए।
उल्लेख्यनीय छ, श्रीमती तामाङ सिङ्ताम नगर पञ्चायतकी पूर्व पार्षद् हुन्।