ममता घाइते, षड़यन्त्रको आरोप

0
1165
(फोटोः एएनआई ट्विटर।)

कोलकाता, १० मार्चः राज्यकी मुख्यमन्त्री एवं तृणमूल सुप्रिमो ममता ब्यानर्जी घाइते भएकी छन्। उनको खुट्टामा चोट लागेको बताइएको छ।

नन्दीग्रामको एक मन्दिरमा दर्शन गरेर फर्किरहेको समयमा ममताको खुट्टामा चोट लागेको बताइएको छ।

यसलाई उनले ‘षड़यन्त्र’ बताएकी छन्। ममताका अनुसार जब उनी मन्दिबाट बाहिर आइरहेकी थिइन्, त्यसबेला उनको गाड़ीनजिक अचानक चार-पाँच युवक आएर धक्का दिए। जसको फलस्वरूप आफू खुट्टामा गम्भीर चोट लागेको उनको भनाइ छ।

मिडियालाई ममताले बताएअनुसार खुट्टामा गम्भीर चोट लागेका कारण सहनै नसक्ने पीड़ा भइरहेको छ। साथै खुट्टा पनि सुनिएको छ।

उनको आरोपका अनुसार घटनाको समय त्यहाँ एकैजना स्थानीय पुलिस र एसपी थिएन। उनको सुरक्षाकर्मी मात्र थिए।

यसैबीच ममताको आरोपलाई भाजपाले नाटक बताएको छ। भाजपाका राष्ट्रिय महासचिव एवं बङ्गाल प्रभारी कैलाश विजयवर्गीयले भने, “चुनाउमा हार निश्चित देखेपछि ममता ब्यानर्जीले सहानुभूति बटुल्नका लागि यस्तो नाटक गरेकी हुन्।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here