त्यो आत्मघाती आतङ्की, जसको कारण सीआरपीएफका 42 जवान शहीद भए

0
1807
आत्मघाती आतङ्की आदिल डार (फोटो साभार : ललनटप)

14 फरवरीको  बेलुकी अवन्तिपोराको गोरिपोरामा भएको आत्मघाती आतङ्की हमलामा अहिलेसम्म 42 जवान शहीद भइसकेका छन्। धेरै जवान घाइते छन्।

यो हमलाको जिम्मेवारी  जैश-ए-मोहम्मदले लिएको छ। र यो हमलाको पछि जुन आत्मघाती आतङ्कीको नाम प्रकाशमा आइरहेको छ, उ आदिल अहमद डार हो। जम्मू-कश्मीरका आजतकसँग सम्बन्धित पत्रकार अशरफ वानीका अनुसार आदिल अहमद डारलाई आत्मघाती हमलाको ट्रेनिङ आतङ्की सङ्गठन जैश-ए-मोहम्मदले दिएको थियो।

आदिल अहमदलाई ट्रेनिङ दिने आतङ्कीको नाम अब्दुल रशीद गाजी हो, जो पाक अधिकृत कश्मीरमा रहेको क्याम्पमा जैश-ए-मोहम्मदका चीफ इन्स्ट्रक्टर रहिसकेका छन्। गाजी मूल रूपले अफगानिस्तान निवासी हुन्। गाजी 9 दिसम्बरको दिन कश्मीरमा प्रवेश गरेका थिए। गाजी कश्मीर प्रवेश गरेको विषयलाई लिएर सुरक्षा एजेन्सीले अलर्ट जारी गरेको थियो।

पाकिस्तानको कराचीमा 5 फरवरी, 2019 को दिन जैश-ए-मोहम्मदको एक ऱ्याली भएको थियो। यो ऱ्यालीमा जैश-ए-मोहम्मदका मुखिया मौलाना मसुद अजहरका सानो भाइ र वर्तमानमा जैशका मुखिया अब्दुल रऊफ असगर पनि सामेल थिए।

उसले भारतमा विस्फोटका लागि आतङ्कीहरूको 7 टीम पठाउने घोषणा गरेका थिए। भारतको सुरक्षा एजेन्सीले यसलाई लिएर पनि अलर्ट जारी गरेको थियो।

सीआरपीएफ जवानहरूमाथि आत्मघाती हमला गर्ने आदिल अहमद पुलवामाको गुण्डीबाग निवासी हुन्। उ पछिल्लो वर्ष मात्र जैश-ए-मोहम्मदमा सामेल भएका थिए।

फरवरी, 2018 मा आतङ्की जाकिर मुसा गजवत उल हिन्दमा सामेल भएका थिए। यसपछि आदिल आतङ्की बनेका थिए। पछि उ जैश ए मोहम्मदमा सामेल भएका थिए।

14 फरवरीको दिन जम्मू-कश्मीर नेशनल हाइवेमा सीआरपीएफको तीन बटालियन जम्मूबाट श्रीनगरतिर गइरहेको थियो। साना-ठूला 78 गाड़ीमा कुल 2547 जवान सवार थिए। 14 फरवरीको अपरान्ह 3 बजेर 20 मिनटमा आदिलले आफ्नो कारलाई सीआरपीएफको लश्करमा लगेर सोझै ठोक्काए। आदिलको कारमा लगभग 200 किलो विस्फोटक थियो। सीआरपीएफ 54औं बटालियनको गाड़ी यो विस्फोटको चपेटमा आएको थियो।

हमला गर्नअघि भिडियो बनाएका थिए

आदिलले आत्मघाती हमला गर्नअघि एक भिडियो बनाएका थिए। यो भिडियोमा उनले आत्मघाती हमला गर्ने कुरा गरेका छन्।

यसका साखै आदिल अहमदको एक फोटो पनि प्रकाशमा आएको छ। यो फोटोमा उसले आफैलाई जैश-ए-मोहम्मदको कमाण्डर बताएका छन्। आदिलले आफ्नो फोटोमा लेखेका छन्,-  ‘गिन रखा है अपने लहू का हर कतरा हमने, न बख्शे हमारे शहीद हमें, जो हमने तुमको एक-एक कतरा गिनवाया नहीं – जाहिद बिन तलहा।’

साभार : ललनटप

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here