रचना राईलाई विद्यावारिधिको उपाधि

0
1138

गान्तोक, १५ मार्चः पूर्व सिक्किमको आसाम लिङ्जेनिवासी रचना राईले ‘अक्षय ऊर्जाको विपणनः समस्या र सम्भावनाहरू’- विषयमा विद्यावारिधि पूरा गरेकी छन्।

सिक्किम मणिपाल विश्वविद्यालयअन्तर्गत सिक्किम मणिपाल इन्स्टिट्युट अव् टेक्नोलजीको प्रबन्धन विभागकी एसोसिएट प्रोफेसर डा. निता डी. शर्माको मार्गदर्शनमा रचना राईले विद्यावारिधि पूरा गरेकी हुन्।

आसामलिङ्जेका कर्णमान राई र अनिता राईकी छोरी रचना राईले आफ्नो शोध-पत्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रिकामा प्रकाशित गर्नसितै सम्मेलनहरूमा पनि प्रस्तुत गरिसकेकी छन्।

शैक्षिक क्षेत्रमा उनको १० वर्षको अनुभव रहेको छ।

उनले एसएमआईटीबाट २००९ -मा एमबीए पूरा गरेकी थिइन्। २०१५ -देखि उनी सिक्किम विश्वविद्यालको प्रबन्धन विभागमा एसोसिएट प्रोफेसर रहेकी छन्।

सिक्किम मणिपाल विश्वविद्यालयले आगामी दीक्षान्त समारोहमा उनलाई विद्यावारिधि डिग्री प्रदान गर्नेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here