रोनाल्डोको उत्कृष्ट प्रदर्शन : युभेण्टसको फराकिलो जीत

0
1113
फ्रोसिनोनविरुद्ध गोल गरेपछि उल्लासित रोलाल्डो (फोटो साभार : गोल डटकम)

मिलान, १६ फरवरी :  ३४ वर्षे क्रिस्टियानो रोनाल्डोले युभेण्टसका लागि पुनः आफ्नो श्रेष्ठता साबित गरेका छन्। शुक्रबार मध्यराति फ्रोसिनोनविरुद्ध घरेलु मैदानमा खेलिएको म्याचमा गोल मशिन रोनाल्डोले एक गोल गर्नका साथै एक गोल गर्नमा सहयोग पनि गरे।

पोर्तुगेली स्टारको यो उम्दा प्रदर्शनसँगै युभेण्टसले फ्रोसिनोनविरुद्ध 3-0 को फराकिलो जीत दर्ता गरेको छ।

रोनाल्डोले पछिल्लो तीन खेलमा लगातार गोल गर्नका साथै साथी खेलाड़ीलाई गोल गर्नमा सहयोग पनि गरेका छन्। सिरी ए-मा रोनाल्डो दुर्लभ प्रदर्शन हो।

यसभन्दा अघि रोनाल्डोले पार्मा, सुसाओलोविरुद्ध पनि गोल गर्नका साथै अर्को गोलका लागि सहयोग पनि गरेका थिए।

यसका अघि सन् 2014 मा उनले ला लिगामा यस्तै प्रदर्शन गरेका थिए। त्यसबेला उनी स्पेनिश जाइण्ट रियल म्याड्रिडका ब्रह्मास्त्र थिए।

रोनाल्डोले खेलको 63औं मिनटमा गोल  गरे भने खेलको छैटौं मिनटमा गोलका पाउलो डिबेलालाई सहयोग पनि गरेका थिए। एक गोल डिफेण्डर लियोनार्डो बोनुचीले गरे।

फ्रोसिनोनविरुद्ध गोल गरेका रोनाल्डोको गोल सङ्ख्या 19 पुगेको छ। उनी सिरी ए-को यो सिजनमा सर्वाधिक गोल गर्नेहरूको सूचीमा शीर्ष स्थानमा छन्।

यो जीतसँगै अङ्कतालिकामा युभेण्टसले नेपोलीभन्दा 14 अङ्को अग्रता लिएको छ।  सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने 24 खेल खेलिसकेको युभेण्ट्सले एकै खेल पनि गुमाएको छैन।

21 जीत र 3 खेलमा बराबरीसँगै युभेण्ट्स  66 अङ्क छ। दोस्रो स्थानमा रहेको नेपोलीको 52 अङ्क छ। यद्यपि नेपोलीले एक खेल कम्ती खेलेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here