आफ्नो जीत हुने विमलपन्थी मोर्चाको दावी

0
1231

मिरिक, १८ मार्चः आउँदो विधानसभा चुनाउमा आफ्नो जीत हुने विमल गुरुङपन्थी मोर्चाको ठोकुवा छ।

आज पत्रकारहरूलाई सम्बोधन गर्दै मिरिक महकुमा समितिका अध्यक्ष सुमन राईले दावी गरे, “चुनाउलाई लिएर हामी तयार छौँ। जीत विमलपन्थी मोर्चाकै हुनेछ।”

पत्रकार सम्मेलनमा सुमन राईलगायत, छेवाङ तामाङ, सुप्चन गुरुङ, वीरेन तामाङ, ललिता छेत्री र सुजन प्रधान पनि उपस्थित रहेका थिए।

यसैबीच, विमलपन्थी मोर्चाले आउँदो २१ मार्चका दिन मिरिकमा चुनाउ विषय लिएर एक सभाको आयोजना गरेको छ।

उक्त सभामा केन्द्रिय महासचिव रोशन गिरी, उपाध्यक्ष आरपी वाइबा, दीपेन माले, श्रमिक सङ्गठनका अध्यक्ष सुरज सुब्बालगायत अन्य उपस्थित रहने बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here