जलपाइगढ़ीका भाजपा उम्मेदवारलाई लिएर कार्यकर्ताहरू असन्तुष्ट, पार्टी कार्यालयमा तोड़फोड़

0
1216

जलपाइगढ़ी, १८ मार्चः भाजपाले जलपाइगढ़ी विधानसभा क्षेत्रका लागि सुजीत सिह्नालाई उम्मेदवार बनाएपछि पार्टीभित्र रड़ाको मच्चिएको छ।

आज उम्मेदवारको घोषणा हुनेबित्तिकै असन्तुष्ट भाजपा कार्यकर्ताहरूले पार्टी कार्यालयमा तोड़फोड़ गर्नका साथै पोस्टर आदि जलाएर विरोध प्रदर्शन गरे।

साथै उनीहरूले सुजीत सिह्नालाई पार्टी उम्मेदवारको रूपमा कदापि स्वीकार नगर्ने पनि बताए।

उनीहरूका आरोपका अनुसार पार्टीले आफ्ना पुराना नेतृत्व एवं कार्यकर्ताहरूलाई बेवास्ता गरेको छ। पुराना नेता/कार्यकर्ताहरूलाई टिकट दिनका सट्टा नयाँ व्यक्तिलाई टिकट दिइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here