‘मुद्दा फिर्ता’-लाई चुनौती दिँदै याचिका दर्ता, विमल गुरुङहरूलाई पक्राउ गर्नुपर्ने माग

0
1456

कोलकाता, १९ मार्चः विमल गुरुङहरूमाथि दर्ता मुद्दाहरूलाई फिर्ता लिने राज्य सरकारको कदमलाई चुनौती दिँदै कोलकाता उच्च न्यायालयमा एक जनहित याचिका दर्ता गरिएको छ।

उक्त जनहित याचिकामा गुरुङ र उनका साथीहरूलाई पक्राउ गर्नुपर्ने माग पनि गरिएको छ।

उक्त जनहित याचिका अङ्कुर शर्माले दर्ता गरेका हुन्। याचिकाकर्ताले बताएअनुसार गुरुङमाथि युएपीएअन्तर्गत् दर्ता गरिएका गम्भीर मुद्दाहरूलाई पनि फिर्ता लिइएको छ।

“विमल गुरुङविरुद्ध धेरै अरेस्ट वारन्ट हुँदाहुँदै पनि उनलाई पक्राउ गर्नुको सट्टा पुलिस कन्भय र सुरक्षा प्रदान गरिएको छ”, याचिकाकर्ता अङ्कुर शर्माले भने।

-स्रोत टाइम्स अव् इन्डिया    

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here