दार्जीलिङ, २० मार्चः मुद्दाका लागी सबै एक भएर अघि आउनुपर्ने गोरामुमो अध्यक्ष मन घिसिङको आह्वान छ।
आज एक प्रेस विज्ञप्ति जारी गरी उनले यस्तो आह्वान गरेका हुन्।
उनका अनुसार राजनीति गर्ने नेतृत्ववर्गमा धैर्यधारण हुनुपर्छ। मुद्दा भनेको कुनै एउटा दलको पेवा होइन। यसैले यसका लागि सबै एक भएर अघि आउनुपर्छ।
‘अहिलेघड़ी राजनीति गर्ने सकमय होइन, मुद्दा फत्ते भएपछि राजनीति गर्दा हुन्छ। म अनि मेरो दलले जनतालाई बीच बाटोमा छाड़्नु सक्दैनौँ’, मन घिसिङले भनेका छन्, ‘जबसम्म जाति र माटोको उन्मुक्तिको हुँदैन तबसम्म म लागि पर्नेछु; केही समय लाग्न सक्छ। तर, म एक इञ्च पनि पछि हट्ने छुइनँ।‘