माकपा कङ्ग्रेससँग गठबन्धन गर्न इच्छुक, तर सजिलो सीट छोेड्न अनिच्छुक

0
1147
वाममोर्चा अध्यक्ष विमान बोस (फोटो सौजन्य : इन्टरनेट)

कोलकाता, १६ फरवरी :  आगामी लोकसभा चुनाउमा बङ्गालमा कङ्ग्रेससँग गठबन्धन गर्न माकपा इच्छुक छ, तर सुविधाजनक सीट छोड़्न भने तयार छैन।

यसका साथै आफ्ना सहयोगी दलहरूसँग विचार विमर्ष गरेरपछि मात्र माकपाले कङ्ग्रेससँग गठबन्धनलाई लिएर निर्णय लिने बताइएको छ। आफ्ना सहयोगी दलहरूसँग सरसल्लाह नगरी माकपाले एक कदम पनि अघि बढ़ाउन तयार छैन।

जानकारीका अनुसार कङ्ग्रेससँगको गठबन्धनलाई लिएर माकपाले आफ्ना सहयोगी दलहरूसँग विचार विमर्ष गरिरहेको छ। पहिला आफू कुन सीटमा कमजोर र बलियो छ, त्यसबारे माकपाले अध्ययन गरिरहेको छ।

अध्ययन पूर्ण भएपछि नै माकपाले कङ्ग्रेससँग गठबन्धन गर्ने रणनीति अपनाइएको छ। वाममोर्चाका अध्यक्ष विमान बोसले  कङ्ग्रेससँगको गठबन्धनलाई लिएर यस्तै मन्तव्य प्रकट गरेका छन्।

बोसका अनुसार माकपाले पहिला आफ्ना सहयोगी दलहरूसँग कुराकानी गर्नेछ। जसको फलस्वरूप एक रणनीतिअन्तर्गत अघिल्लो समीकरणको स्थिति स्पष्ट हुन सकियोस्।

“हामीले पछिल्लो लोकसभा चुनाउमा माकपा एवं सहयोगी दल कुन कुन सीटमा तेस्रो र चौथो स्थानमा रहे र त्यसको पछिल्तिरको कारण के हो? यसलाई अध्ययन गरिरहेका छौं’’, उनले भने।

उनका अनुसार कङ्ग्रेससँग गठबन्धन भएको खण्डमा माकपाले आफ्नो हातमा सजिलो सीट राख्नेछ। र अप्ठ्यारो सीट कङ्ग्रेसलाई छोड़्नेछ। यसबाट के कुरा स्पष्ट हुन्छ भने आगामी लोकसभा चुनाउमा माकपा कङ्ग्रेससँग गठबन्धन गर्न त चाहन्छन्, तर सम्झौता भने गर्न चाहँदैन।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here