नयाँदिल्ली, 16 फरवरी : जम्मू-कश्मीरको पुलवामामा आतङ्की हमलाको आक्रोश र पीड़ा सेलाउन नपाइ एकजना मेजर शहीद भएका छन्। जानकारीका अनुसार रजौरीमा आईडी विस्फोट हुँदा ती मेजर शहीद भएको बतिाएको छ।
जानकारीका अनुसार रजौरीमा एक आईडी विस्फोट भयो, जसमा सेनाका एक अधिकारी शहीद भए। बताइएअनुसार आईडीलाई प्लान्ट गरिएको थियो, जसलाई निष्क्रिय गर्दावधि विस्फोट भएर सेनाका मेजर शहीद भएका हुन्।
वास्तवमा आतङ्कीहरूद्वारा प्लान्ट गरिएको आईईडी विस्फोटकलाई निष्क्रिय गरिरहेको समय सेनाका मेजर र्याङ्कका एक अधिकारी शहीद भएका हुन्। ती अधिकारी सेनाको इञ्जिनियरिङ कोर्प्समा कार्यरत् थिए। नौशेरा सेक्टरमा नियन्त्रण रेखाको 1.5 किलोमिटर आईईडीलाई प्लान्ट गरिएको थियो।