विमलपन्थी मोर्चाको भातृ सङ्गठन जेएसटीओ त्यागेर ३५ जना शिक्षक विनयपन्थी मोर्चामा सामेल

0
1012

मिरिक, २३ मार्चः  विमल गुरुङपन्थी गोजमुमोको भातृ सङ्गठन जेएसटीओ त्यागेर मिरिकका ३५ जना शिक्षक विनय तामाङपन्थी गोजमुमोमा सामेल भएका छन्।

आज स्थानीय एक होटलमा विनयपन्थी मोर्चा महासचिव अनित थापासँग भेट गरी उनीहरूले समर्थन जनाएका हुन्।

जेएसटीओबाट गत महिनाको 23 तारिख नै आफूलगायत अन्य धेरैजना शिक्षकले राजीनामा दिएको र आज पूर्णरूपमा विनय खेमामा सामेल भएको घोषणा कवीन्द्र शर्माले मिडियामार्फत् गरे।

उनले अबउसो आफूहरू विनय खेमाका शिक्षक भातृ सङ्गठन संयुक्त माध्यमिक शिक्षक सङ्गठनमा सामेल भई समाजमा शिक्षाप्रतिको आफ्नो जिम्मेवारी निर्वाहन गर्ने पनि बताए।

आज खरसाङ, आरआर ब्लक, कालेबुङ, बिजनबारीलगायत विभिन्न स्थानबाट शिक्षकहरूले गोजमुमो विनय खेमालाई समर्थन जनाइएको बताइएको छ।

जेएसटीओ छोड्नु पछिका कारण खुलाउँदै कवीन्द्र शर्माले जेएसटीओमा बसेर कार्य गर्ने क्षमता हुँदाहुँदै पनि कार्य गर्न नसकिएकोले उदासीनता छाएको कारण नै विमल खेमाको भातृ सङ्गठनबाट आफूहरु निस्किएको बताए।

यसरी शिक्षकहरू आफ्नो सङ्गठनमा आबद्ध भएकोमा हर्ष प्रकट गर्दै नयाँ सोच नयाँ विचारले पहाड़मा सदैव शिक्षाको क्षेत्रमा विकास गर्नका लागि वकालत गरेको अनित थापाले बताए।

आफ्नो पार्टीमा समावेश हुन आएका शिक्षकहरुले विगतमा धेरै काम गरेको तर, सटिक नेताको नेतृत्व नपाएका कारण आफ्नो क्षमताअनुसार ठोस कार्य गर्न नसकेको बताउँदै थापाले अब शिक्षाको क्षेत्रमा विकासका लागि ठोस कार्य गर्ने अठोट व्यक्त गरे।

चुनाउको छेकमा यसरी पार्टीसित आबद्ध हुन आएको शिक्षकहरूले पार्टीको मनोबल बढ़ाएको र यो कदमले समाजको शिक्षित जमात नयाँ सोच नयाँ विचारको पक्षधर रहेको स्पष्ट भएको भन्दै थापाले यसरी पार्टीसित जोड़िन आएका शिक्षकहरूलाई उचित जिम्मेवारी दिएर पहाड़को शिक्षाको क्षेत्रमा प्रगतिशील क्रान्ति ल्याउने सोच बनाएको पनि बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here