चुनाउ आयोगले जीटीए बीओएको पदबाट अनित थापालाई हटाउने!

0
1324
(फाइल फोटो।)

सिलगढ़ी, २४ मार्चः मुख्य चुनाउ आयुक्त सुनिल अरोड़ाले जीटीए बीओए सम्बन्धमा राज्यका मुख्य चुनाउ अधिकारी आरिज अफताबलाई भोलिभित्रमा रिपोर्ट बुझाउन भनेका छन्।

यसका साथै राज्यका विभिन्न नगरपालिका र नगरनिगमहरूमा प्रशासक पदमा राजनीतिक नियुक्तिलाई हटाउने चुनाउ आयोगको पदक्षेपजस्तै जीटीए बीओए पदसम्बन्धमा पनि ‘समान पदक्षेप’ चाल्नका लागि निर्देश दिएको छ।

आज सुकनास्थित एक होटलमा पत्रकारहरूलाई सम्बोधन गर्दै मुख्य चुनाउ आयुक्त सुनिल अरोड़ाले यसबारे जानकारी गराएका हुन्।

यसका साथै उनले जीटीएको बीओए पदमा राजनीतिक नियुक्तविरुद्ध चुनाउ आयोगसमक्ष उजुरी आएको पनि जानकारी गराए।

पत्रकारहरूलाई सम्बोधन गर्दै मुख्य चुनाउ आयुक्त सुनिल अरोड़ा।

उल्लेखनीय छ,  राज्यमा चुनाउ आचार संहिता लागू भएपछि केही नगरपालिका र नगरनिगमहरूमा प्रशासक पदमा गरिएको राजनीतिक नियुक्तलाई चुनाउ आयोगले हटाइसकेको छ।

यद्यपि अहिलेसम्म जीटीएको बीओए पदमा राजनीतिक नियुक्तलाई भने हटाइहालेको छैन। तर मुख्य चुनाउ आयुक्तले राज्यका मुख्य चुनाउ अधिकारीलाई जीटीए बीओएसम्बन्धमा रिपोर्ट बुझाउन र समान पदक्षेप चाल्न निर्देश दिएपछि अनित थापालाई जीटीए बीओएको पदबाट केही समयभित्र हटाइहाल्ने सम्भावना बढ़ेको छ।

उल्लेखनीय छ, जीटीए बीओएको पदमा अनित थापाको राजनीतिक नियुक्तविरुद्ध केही दिनअघि दार्जीलिङका सांसद एवं भाजपाका राष्ट्रिय प्रवक्ता राजु बिष्टले मुख्य चुनाउ आयुक्तलाई पत्राचार गरी अतिशीघ्र हटाउने माग गरेका थिए।

उल्लेखनीय छ, २०१७ को मध्यतिरै जीटीएको कार्यकाल सकिएको हो। यद्यपि सेप्टेम्बर २०१७-देखि राज्य सरकारले जीटीएको पदमा राजनीतिक नियुक्तलाई जारी राखेको छ भने जीटीए बीओएको कार्यकाललाई ६-६ गरी लगातार बढ़ाउँदै आइरहेको छ।  

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here