दार्जीलिङ, २८ मार्चः जीटीएको बोर्ड अव् एड्मिनिस्ट्रेशन (बीओए)-लाई हटाएर प्रमुख सचिव सुरेन्द्र गुप्तालाई प्रशासक बनाइएकोमा जनताको तर्फबाट सांसद राजु बिष्टले चुनाउ आयोगप्रति आभार प्रकट गरेका छन्।
साथै नयाँ प्रशासकले जीटीएको कोष र शक्तिको दुरूपयोग रोक्नेछन् भन्ने कुरामा विश्वस्त देखिएका छन्।
‘यो आदेशले पहाड़का जनतामाथि तृणमूल कङ्ग्रेस सरकारले लगाएको गैरकानुनी शासनलाई सधैँका लागि अन्त्य गर्नेछ, म विश्वासका साथ भन्नसक्छु’, बिष्टले भनेका छन्, ‘बङ्गालमा फेरि तृणमूल कङ्ग्रेस सत्तामा आउनेछैन। र हाम्रो पार्टीसँग जीटीए चलाउने कुनै योजना छैन। यसका सट्टा, हाम्रो पार्टीले बङ्गालमा सरकार गठन गर्नेबित्तिकै हामी जीटीए भङ्ग गर्नेछौँ। साथै सबै सरोकारहरूसँग मिलेर स्थायी राजनीतिक समाधान खोज्ने दिशामा काम गर्नेछौँ।’
उनले दार्जीलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्रका अँध्यारा दिनहरू चाँड़ै अन्त हुने ठोकुवा पनि गरेका छन्।
Great job….but take seriously on PPS. Bista ji
बङ्गालमा जसले जित्छ पहाडको भोट उसैले पाउने होला। किन कि सरकार सित मिलेर काम त गर्नै पर्यो होला।
परिवर्त्तनको पहिलो संकेत
तर सानो माछालाई ठुलो माछाले नखावोस्
तात्पर्य तीन जना बिधायक माथि 291 जना बिधायकहरुको थिचो मिचो नहोस् ,
चिया बगानको दैनिक रोजगारमा भारि बृद्दि होस्
कि त बगानको लिज प्रणाली हटाएर मालिकाना हक मजदुरलाई दिइने बिधयेक पास होस.
कम से कम PPS सम्म ल्याउँने छौ भन्नु पर्ने ठाउँमा यो के भन्नु भएको हो ?