बङ्गालमा दोस्रो चरणको मतदान जारीः सुवेन्दु अधिकारीको कन्भयमाथि हमला, तनाउ

0
1246
(फोटोः एएनआई ट्विटर।)

कोलकाता, १ अप्रेलः आज बङ्गाल विधानसभाको दोस्रो चरणको मतदान भइरहेको छ।

आज पूर्व र पश्चिम मेदिनीपुर, बाँकुड़ा र दक्षिण परगना गरी चार जिल्लाका ३० सिटमा आज चुनाउ भइरहेको छ। आजै हाई प्रोफाइल ब्याटल मानिएको नन्दीग्राममा पनि चुनाउ भइरहेको छ।

धेरै ठाउँमा हिंसा भएको खबर प्रकाशमा आइरहेको छ। भाजपा-तृणमूल कङ्ग्रेसले एकार्काविरुद्ध हिंसाको आरोप-प्रत्यारोप लगाइरहेका छन्।

(फोटोः एएनआई ट्विटर।)

यसैबीच, भाजपा उम्मेदवार सुवेन्दु अधिकारीको कन्भयमाथि हमला भएको खबर छ। यद्यपि हमलामा अधिकारीलाई कुनै प्रकारको नोक्सान पुगेको छैन। मिडियाका वाहनहरूलाई केही क्षति पुगेको छ।

सुवेन्दु अधिकारीको कन्भयमाथि भएको हमलाका कारण तनाउ बढ़ेको छ।

चुनाउ आयोगका अनुसार अपराह्न १.३० बजीसम्म बङ्गालमा ५८.१५ प्रतिशत मतदान भएको थियो।

अर्कोतिर तृणमूल कङ्ग्रेसले भाजपाका कार्यकर्ताहरूले बूथ क्याप्चरिङ गरेको आरोप लगाएको छ। यससम्बन्धमा तृणमूल नेता डेरेक ओ ब्रायन चुनाउ आयोगलाई पत्राचार गरेको छ।

-दैनिक जागरण

(फोटोः एएनआई ट्विटर।)

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here