दार्जीलिङ, १ अप्रेलः भाजपाका उम्मेदवारहरूलाई जिताउनका लागि कुनै कसर नछोड़्ने निर्णय क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले गरेको छ।
आज बसिएको क्रामाकपा दार्जीलिङ विधानसभा चुनाउ कमिटीको सभामा यस्तो निर्णय लिइएको हो।
सभामा बूथ कमिटीहरू विभिन्न शाखामा बनाउने विषयमा पनि विस्तृत चर्चा-परिचर्चा गरिएको थियो।
साथै संयुक्त कार्यक्रमहरू भएको खण्डमा त्यस्ता कार्यक्रमहरूमा क्रामाकपाले बृहत्तर रूपमा सहभागिता जनाउने पनि निर्णय गरिएको बताइएको छ।
सभामा केन्द्रिय प्रवक्ता गोविन्द छेत्री, केन्द्रिय सदस्य बले डुक्पा, नर्बु लामा, शेखर छेत्री, सुनिल राई , चुनाउ प्रभारी अरुण घतानी लगायत अन्यको उपस्थिति थियो।