कोरोना सङ्क्रमित बनेपछि श्याम थापा अस्पतालमा भर्ना

0
1058
(फोटो साभार- माईखेल.कम)

कोलकाता, ७ अप्रेलः भारतका लिजेन्डरी फरवर्ड एवं अखिल भारतीय फुटबल महासङ्घको तक्निकी समितिका अध्यक्ष श्याम थापा कोरोना सङ्क्रमित बनेपछि अस्पतालमा भर्ना भएका छन्।

उनी हिजो एक नर्सिङ होममा भर्ना भएका हुन्। उनको सोमवार कोरोना टेस्ट पोजिटिभ आएको थियो।

७३ वर्षीय लिजेन्डरी फुटबलर थापाका अनुसार उनले पछिल्लो २० मार्चका दिन कोरोना भाइरसको खोप लगाएका थिए।

 “कुनै कुरा पनि स्वाद पाइरहेको थिएन। भोक पनि कम्ती लागिरहेको थियो”, उनले पीटीआईले बताए “कोरोना टेस्ट पोजिटिभ आएपछि सतर्कता अप्नाउँदै अस्पतालमा भर्ना भएको हुँ। अहिले धेरै राम्रो सञ्च महसुस गरिरहेको छु।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here