दार्जीलिङ, 17 फरवरी : शनिवार नमस्ते फाउण्डेशनले बिहीबार दक्षिण कश्मीरको पुलवामामा भएको आत्मघाती आतङ्की हमलामा शहीद बनेका जवानहरूप्रति श्रद्धाञ्जली कार्यक्रम आयोजन गऱ्यो।
स्थानीय चौरस्तामा आयोजित यो श्रद्धाञ्जली कार्यक्रममा फाउण्डेशनका सदस्यहरूलगायत भूतपूर्व सैनिकहरू पनि सहभागी बनेका थिए। उनीहरूले मोम बत्ती जलाएर शहीद जवानहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नका साथै यो कारयतापूर्ण मानवताविरोधी हमलाको तीखो शब्दमा निन्दा गरे।
यसका साथै फाउण्डेशनले आफ्नो मासिक मेनोर एक्टिभिटिज पनि गरेको थियो। समाज र परिवारबाट उपेक्षित अवहेलित भइ सड़क पेटीमा जीवन बिताउन बाध्य असहाय तथा वृद्ध-वृद्धाहरू र आफ्नोत्व खोजिरहेका रोगीहरूको स्याहार सुसार र उपचारमा आफूलाई प्रतिबद्ध राखेको नमस्ते फाउण्डेशनले हिजोको मेनोर एक्टिभिटिजमा लगभग एक दर्जन असहाय र वृद्ध-वृद्धाहरूलाई स्याहार सुसार गर्नका साथै भोजन खुवाएको यसका अध्यक्ष पिङ्की विश्वकर्मले बताएकी छन्।
उनले यो कार्यक्रममा सफल बनाउन सहयोग पुऱ्याउने भूतपूर्व सैनिकहरू र मणि ट्रस्ट कालेबुङप्रति फाउण्डेशनको तर्फबाट आभार प्रकट गरेकी छन्।