गान्तोक, 29 अप्रेलः सिक्किमलाई कोरोनाको बढ़्दो सङ्क्रमणले चिन्ताजनक अवस्थामा पुऱ्याएको छ।
आज एकै दिनमा अहिलेसम्मकै सर्वाधिक 170 वटा मामिला पुष्टि भएको छ, जबकि तीनजना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन्।
यसका साथै अहिलेसम्म मर्नेहरूका सङ्ख्या 146 पुगेको छ।
यस अवस्थालाई लिएर मुख्यमन्त्री पीएस गोलेले पनि चिन्ता व्यक्त गरेका छन्।
आज मनन केन्द्रमा एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्यवासीलाई थप सतर्कता अप्नाउने अपील गरेका छन्।
आजका पुष्टि भएका 170 जनामध्ये 124 जना पूर्व जिल्लाबाट रहेका छन् भने 34 जना दक्षिण जिल्लाबाट, 9 जना पश्चिम जिल्ला र 3 जना उत्तर जिल्लाबाट रहेका छन्।
यसैगरी राज्यमा कुल सङ्क्रमणको मामिला 7 हजार 747 पुगेको छ भने तीमध्ये 6 हजार 176 जना निको भइसकेका छन्।
अहिले राज्यमा कोरोनाको सक्रिय मामिला 1 हजार 247 पुगेको छ।