पहाड़मा कोरोना सङ्क्रमण बढ़्दैः सतर्कता अत्यावश्यक

0
925

दार्जीलिङ, 29 अप्रेलः दार्जीलिङ पहाड़मा पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण लगातार बढ़िरहेको छ।

आज दार्जीलिङ नगरपालिका क्षेत्रबाट 14,  सुकनाबाट 7, खरसाङ नगरपालिका क्षेत्रबाट 14, मिरिकबाट 11, मिरिक नगरपालिका क्षेत्रबाट 2, बिजनबारीबाट 11, र तकदाबाट 2 नयाँ मामिला पुष्टि भएका छन्।

दार्जीलिङ जिल्लामा आज कुल 356 नयाँ मामिला पाइएको छ, जसमा दार्जीलिङ जिल्लाअन्तर्गत पर्ने सिलगढ़ी नगरनिगमका वार्डहरूबाट 198, खोरीबारीबाट 2, मतिगढ़ाबाट 48, नक्सलबारीबाट 31 र फाँसीदेवाबाट 4 मामिला रहेका छन्।

यसैगरी आज विभिन्न अस्पताल र होम आइसोलेशनबाट गरी कुल 62 जना निको भई छुट्टी पाएका छन्।

अर्कोतिर कालेबुङ जिल्लामा आज 36 नयाँ मामिला थपिएका छन्।

 

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here