पत्रकारहरूसँग कुराकानी गर्दै शङ्कर मालाकार। |
सिलगढ़ी, 22 सेप्टेम्बर : दार्जीलिङ जिल्ला कङ्ग्रेसका अध्यक्ष एवं मटिगढ़ा-नक्सलबारी विधानसभा क्षेत्रका विधायक शङ्कर मालाकारलाई पार्टीको हाइकमान्डले पश्चिम बङ्गाल प्रदेश कङ्ग्रेस कमिटीका कार्यकारी अध्यक्ष बनाएको छ।
सङ्गठनलाई शक्तिशाली बनाउनका लागि कङ्ग्रेसका सर्व भारतीय अध्यक्ष राहुल गान्धीले शुक्रवार एक प्रेस विज्ञप्तिमार्फत् वरिष्ठ कङ्ग्रेसी नेता सौमेन मित्रलाई प्रदेश कङ्ग्रेसको अध्यक्ष पदमा नियुक्त गरिएको छ। उनले अधीर चौधरीको पदभार लिनेछन्। पूर्व अध्यक्ष चौधरीलाई प्रचार सचिव बनाइएको छ।
शङ्कर मालाकर दिल्लीबाट नियुक्ति-पत्र लिएर शुक्रवार राति बाघडुग्रा हवाइअड्डा आइपुग्दा कङ्ग्रेसी कार्यकर्ताहरूले उनलाई स्वागत जनाउँदै नयाँ पद र दायित्वका लागि बधाई दिए। अर्कोतिर पार्टीको थप जिम्मेवारी पाएपछि विधायक मालाकार हर्षित बनेका थिए।