विमलपन्थी गोजमुमोद्वारा दिल्लीमा रक्तदान शिविर आयोजित

0
1168
जन्तरमन्तरमा रक्तदान गर्दै कार्यकर्ताहरू।

खरसाङ, 17 फरवरी : आइतबार  दिल्लीको जन्तरमन्तरमा विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) –ले रक्तदान शिविर आयोजन गऱ्यो। यो रक्तदान शिविर दिल्ली, हरियाणा र गुड़गाउँको गोजमुमो शाखाले गरेको विमल गुरुङपन्थी गोजमुमो दिल्ली एनसीआरका मुख्य संयोजक अशोक रामुदामुले जानकारी गराएका छन्।

उनका यो रक्तदान शिविर बिहीबार दक्षिण कश्मीरको पुलवामा जिल्लाको अवन्तिपोरामा भएको आत्मघाती आतङ्की हमलामा शहीदहरूप्रति सम्मान/श्रद्धाञ्जली र घाइते जवानहरूलाई रगतको सहयोग पुऱ्याउन यो रक्तदान शिविर आयोजन गरिएको हो।

रक्तदान शिविरमा उल्लिखित क्षेत्रका गोर्खाहरूको सहभागिता नरहेको थियो।

यसबारे जानकारी गराउँदै उनले भनेका छन्, “देशको अखण्डताको निम्ति सीमानाको सुरक्षामा खट्ने हामी गोर्खाहरू आफ्नै देशभित्र परिचय र वासभूमिको सङ्कटमा जुझिरहेको भए तापनि  देशमा समस्या आइपर्दा हामी गोर्खाहरूले सबै कुरालाई भुलेर राष्ट्रहितलाई सोच्ने गरेका छौं। भारतको निर्माणमा गोर्खाको छुट्टै एउटा इतिहास रहेको छ। यसैले गोर्खाले देशलाई विपद आइपर्दा हात बाँधेर हेर्न सक्दैनन्।  हाम्रो त्यहीं सोचले नै आजको रक्तदान शिविरलाई सफल बनाएको छ।”

उनले पार्टी प्रमुख विमल गुरुङको जनसेवा नीतिलाई शिरोपर गरी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-ले यो रक्तदान शिविर आयोजन गरेको पनि बताएका छन्। साथै आज सङ्ग्रहित रगत केवल सेनाका जवानहरूका लागि उपलब्ध गराउने वचन ब्लड ब्याङ्क अर्गनाइजेशनको पक्षबाट मोर्चा कार्यकर्ताहरूलाई दिएको जनाएका छन्।

मुख्य संयोजक आकाश रामुदामुले रक्तदान शिविरमा उपस्थित भइ रक्तदान गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here