उत्तर जिल्लामा कोविड-19-सित लड्ने तयारीबारे बैठक

0
1106

मङ्गन, 4 मईः उत्तर जिल्लामा कोविड 19-को स्थितिलाई लिएर जिल्ला मुख्यालय मङ्गनमा आज एउटा समीक्षा सभा आयोजन भयो।

जिल्लापाल तेञ्जिङ टी. काल्योनको अध्यक्षतामा आयोजित सभामा मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव छिरिङ वाङ्गेल भोटिया, पुलिस अधीक्षक अङ्मु भोटिया, सीएमओ टेम्पो काल्योन तथा विभिन्न विभागका विभाग प्रमुखहरूका उपस्थिति थियो।

सभामा जिल्लापालले कोविड 19-को ताजा स्थिति र यससित जुझ्नका लागि जिल्ला प्रशासनले गरेको तयारीबारे जानकारी गराए।

जिल्ला अस्पताल मङ्गनमा कोरोना सङ्क्रमित मानिसहरूको उपचारका लागि 9 वटा पलङ उपलब्ध रहेको अनि जिल्ला पञ्चायत भवनलाई कोविड केयर सेन्टर बनाइएको उनले बताए। यसमा 60-देखि 70 वटासम्म पलङको व्यवस्था गरिएको जानकारी गराइयो।

जिल्ला प्रशासनले टान्जिस्ट गेस्ट हाउसलाई पनि कोविड केयर सेन्टरमा रूपान्तरण गरेको अनि यसको निगरानी उत्तर जिल्लाका डीएफओले गरिरहेको जिल्लापालले जानकारी गराए।

जङ्गुका लागि आवश्यक परेको खण्डमा वन विभागको अतिथि गृहलाई कोविड केयर सेन्टर बनाइने उनले बताएका छन्।

उनले बताएअनुसार सबै प्राथमिक स्वास्थ्य केन्द्रलाई आइसोलेशन सेन्टर बनाइएको छ भने फुदुङ माध्यमिक विद्यालय र चुङथाङ अतिथि गृह पनि सम्बन्धित क्षेत्रका लागि कोविड केयर सेन्टर रहनेछन्। सिङ्घिक माध्यमिक विद्यालयको छात्रवास र मङ्गन उच्चतर माध्यमिक विद्यालयको अडिटोरियमलाई पेड क्वारेन्टाइन सेन्टर बनाइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here