नयाँ दिल्ली, 6 मईः राष्ट्रिय लोक दल (आरएलडी) प्रमुख एवं पूर्व केन्द्रीय मन्त्री चौधरी अजित सिंहको आज बिहान निधन भएको छ। उनी 86 वर्षका थिए। पछिल्लो 20 अप्रेलका दिन उनी कोरोना सङ्क्रमित रहेको पुष्टि भएको थियो।
गुरुग्रामको एक प्राइभेट अस्पतालमा उपचाराधीन रहेका उनको अवस्था हिजो (मङ्गलबार) राति सोचनीय बनेको थियो।
चौधरी अजित सिंहका छोरो एवं पूर्व लोकसभा सांसद जयन्त चौधरीले आफ्नो सोशल मिडिया अकान्ट ट्विटरमार्फत् यसको जानकारी दिएका छन्।
उनले लेखेका छन्, ‘चौधरी साहब रहेनन्।’
पूर्व प्रधानमन्त्री एवं किसान नेता चौधरी चरण सिंहका छोरो अजित सिंह बागपतबाट 7 पटक सांसद निर्वाचित बनेका थिए। उनी केन्द्रीय मन्त्रीसमेत रहेका थिए।
2001 देखि 2003 सम्म अटल बिहारी सरकारमा उनी कृषि मन्त्री तथा 2011 मा कङ्ग्रेसनेतृत्व यूपीए सरकारमा नागरिक उड्डयन मन्त्री रहेका थिए।