सिलगढ़ी नगरनिगमका बीओए अध्यक्ष पदमा गौतम देव नियुक्त

0
1037
(फाइल फोटो)।

सिलगढ़ी, 6 मईः सिलगढ़ी नगर निगमको बोर्ड अव् एड्मिनिस्टेटर (बीओए) अध्यक्षको पदमा पूर्व पर्यटन मन्त्री गौतम देवलाई नियुक्ति गरिएको छ।

अर्को आदेश जारी नभएसम्म उनी अध्यक्ष पदमा रहनेछन्। आज शहरी विकास एवं नगरपालिका मामिला विभागले यससम्बन्धमा एक आदेश जारी गरेको छ।

त्यसैगरी बोर्डका सदस्यहरूमा रञ्जन सरकार, विवेक वैध र आलोक चक्रवर्ती रहेका छन्।

उल्लेखनीय छ, पछिल्लो वर्ष (2020) मई महिनामा सिलगढ़ी नगरनिगमको कार्यकाल सकिएपछि सलरकारले प्रशासक बोर्ड गठन गरेको थियो। तर विधानसभा चुनाउको आचारसंहिता लागू भएपछि चुनाउ आयोगले  नगरनिगमहरूमा गठित बोर्डहरूलाई भङ्ग गरेको थियो।

स्मरणरहोस्, गौतम देव भर्खरै सम्पन्न विधानसभा चुनाउमा डाबग्राम-फूलबारी समष्टिमा भाजपा उम्मेदवार शिखा च्याटर्जीसँग पराजित भएका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here