कोरोना सङ्क्रमित व्यक्तिले गरे आत्महत्या

0
1043
(प्रतीकात्मक फोटो)

गान्तोक, 8 मईः गान्तोकको पाल्जर स्टेडियमको जिमनाजियम हलमा बनाइएको कोविड केयर सेन्टरमा एक कोरोना सङ्क्रमित व्यक्तिले आत्महत्या गरेको घटना प्रकाशमा आएको छ।

40 वर्षीय ती व्यक्ति उत्तर सिक्किमको मङ्गननिवासी रहेको जानकारी पाइएको छ।

उनले आज मध्याह्नको समय आत्महत्या गरेको बताइएको छ।

राज्यका स्वास्थ्य विभागका महानिर्देशक एवं सचिव डा. पेम्पा भोटियाले पनि यस घटनाको पुष्टि गरेका छन्।

उनका अनुसार बिहान उक्त कोविड केयर सेन्टरमा रहेका कोरोना सङ्क्रमितहरूका स्वास्थ्यजाँच गर्न मेडिकल टिम जाँदा ती व्यक्ति ठीकै थिए। तर, मेडिकल टिम स्वास्थ्यजाँच गरी त्यहाँबाट फर्केपछि केही घण्टाभित्रै ती व्यक्तिले आत्महत्या गरेको डा. भोटियाले बताएका छन्।

जानकारीका अनुसार उक्त कोविड केयर सेन्टरमा कुल 6 जना कोरोना सङ्क्रमित रहेका थिए।  

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here