हाम्रो सिक्किम पार्टीको जनसभा सम्पन्न, भाइचुङले भने – 2019 -मा एसडीएफ सरकारमा आउँदै आउँदैन

0
1260
शुक्रवार सिङताममा सम्पन्न एचएसपीको जनसभालाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष भाइचुङ भोटिया।

गान्तोक, 21 सेप्टेम्बर :  आगामी विधानसभा चुनाउमा सत्तारूढ़ सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) सत्ताबाट बाहिरी नवगठित राजनीतिक दल हाम्रो सिक्किम पार्टी (एचएसपी)-को दाबी छ। शुक्रवार सिङताममा सम्पन्न जनसभालाई सम्बोधन गर्दै एचएसपीका उपाध्यक्ष भाइचुङ भोटियाले 2019 –को विधानसभा चुनाउमा एसडीएफ सरकारमा नआउने दाबी गरेका हुन्।
“2019 मा एसडीएफ सरकारमा आउँदै आउँदैन, उनले ठोकुवा गरे, “2019 मा एसडीएफले पश्चिम जिल्लाबाट एउटै पनि सीट जित्दैनउनको दाबीका अनुसार एसडीएफले दक्षिण जिल्लाबाट एकदेखि दुई  सीट जित्नसक्छ। पूर्व र उत्तर जिल्लाले 2014 मा नै एसडीएफको साथ छोड़िसकेको छ उनको ठोकुवा छ।
आफ्नो भाषणमा एसडीएफप्रति आक्रामक देखिएका भाइचुङले एसडीएफ पार्टीले जनतालाई झुक्याउने राजनीति शुरु गर्नेछ। उनले एसडीएफले दिएको पैसा चाहिँ थाप्ने तर भोट चै यो पार्टीलाई नहाल्ने उनले जनतालाई आह्वान गरे। साथै भाइचुङले मुख्यमन्त्री पवन चामलिङको तुलनामा उनीसँग त्यति धेरै राजनीतिक ज्ञान नरहे तापनि आफूसँग इमानदारिता भने धेरै रहेको बताए। उनले यसअवधि मुख्यमन्त्री इमानदार नरहेको आरोप पनि लगाए।
 मैले फुटबल खेल्दा इमानदारीसँग खेले र राजनीति पनि इमानदारीपूर्वक गर्नेछु। फुटबल खेलेर मैले जुन नाम कमाएको छु, त्यो राजनीतिमा बिग्रनु दिँदिन, एचएसपीका उपाध्यक्षले भने।  केही महिनाअघि मुख्यमन्त्री चामलिङले उनलाई बाहिर भाड़ामा फुटबल खेल्ने भनेर टिप्पणी गरेको भन्दै यसप्रति भाइचुङले तीखो प्रतिक्रिया व्यक्त गरे। उनले भने, मुख्यमन्त्रीले मेरो मात्र होइन, तर सिक्किमबाहिर आफ्नो बलबुतामा खटेर खाइरहेका सबै खेलाड़ी, उद्यमी, चिकित्सकहरूको अपमान गरेका छन्। उनले आफूले सिक्किममा फुटबल एकाडेमी खोल्नका लागि सरकारसँग जमिन माग्दा नपाएको  पनि बताए। आफूले पर्सन्टेज दिन नसकेकोले जमिन नपाएको उनको आरोप छ।
सिक्किमका युवाहरूलाई मभन्दा राम्रो खेलाड़ी बनाउने सोचेको थिए। तर,मैले जमिन पाइन। कारण मैले पर्सन्टेज दिनु सकिन,उनले भने।
एचएसपी पटक पटक मुख्यमन्त्रीले बाहिरको पार्टी भनेर आरोप लगाएको बारे भाइचुङले भने, मुख्यमन्त्रीले मलाई बाहिरको भन्नु सुहाउँदैन। मलाई बाहिरको भन्नु अघि मुख्यमन्त्रीले आफ्नो इतिहास हेर्नुपर्छ। म, मेरो बाबु, मेरो बाजे दक्षिण सिक्किमको तिनकिताममा जन्मिएको हो। तर, पवन चामलिङको इतिहास के छ? उनी कहाँबाट आएका हुन्। उनले आफ्नो इतिहास हेर्नू।उनले सिक्किममा एक व्यक्तिको शासन चलिरहेको आरोप लगाउँदै 25 वर्षको शासनमा मुख्यमन्त्री चामलिङले एकैजना पनि नेता जन्माउन नसकेको बताए। उनले एचएसपी सरकारमा आएको खण्डमा सङ्घ सीट र पञ्चायती राजलाई पूर्ण रूपमा राजनीतिकरणबाट टाढ़ा राख्ने घोषणा गरे।
आजको कार्यक्रमलाई एचएसपीका वरिष्ठ उपाध्यक्ष आरबी सुब्बा, सल्लाहकार केएन उप्रेती, प्रवक्ता विराज अधिकारी, उपाध्यक्ष इन्द्रहाङ सुब्बा, तीर्थ शर्मा, डा. बिना बस्नेत, डीएस लिम्बूलगायत अन्यले पनि सम्बोधन गरेका थिए। यसै अवसरमा एचएसपीले रूद्र नरसिंह शाक्यलाई पार्टीका उपाध्यक्ष र मणि सुब्बालाई पीआरओ मनोनित गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here