दार्जीलिङ, 10 मईः गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-का प्रमुख सचिव सुरेन्द्र गुप्ता (आईएएस)-लाई नै पुनः जीटीए प्रशासकका रूपमा नियुक्त गरिएको छ।
यसका साथै जीटीएको पदमा अनित थापा या विमल गुरुङ को बस्ने भन्ने अड़कलबाजीमा अहिलेका लागि विराम लागेको छ।
आज यससम्बन्धमा पश्चिम बङ्गाल सरकारले एक अधिसूचना जारी गरेको छ।
उल्लेखनीय छ, विधानसभा चुनाउको आचार संहितालाई ध्यानमा राखेर राज्य सरकारले अनित थापालाई जीटीए बीओएका अध्यक्ष पदबाट हटाएर प्रमुख सचिव सुरेन्द्र गुप्तालाई जीटीएका प्रशासक नियुक्ति गरेको थियो।
अधिसूचनाका अनुसार अर्को आदेशसम्मका लागि जीटीएका प्रमुख सचिव सुरेन्द्र गुप्ता नै जीटीएका प्रशासक पदमा रहनेछन्।
स्मरणरहोस्, आज बिहान नै विनयपन्थी युवा मोर्चाका अध्यक्ष अमृत योञ्जनले एक प्रेस विज्ञप्ति जारी जीटीए अध्यक्षका पदमा पार्टी महासचिव अनित थापा नै जसरी बस्नुपर्ने, उनी नबसेको खण्डमा पहाड़मा आगो लाग्ने चेताउनी दिएका थिए।