बङ्गालमा फेरि दिदी भर्सेस सीबीआईः तृकं कार्यकर्ताहरूद्वारा ढुङ्गामूढ़ा, पुलिसद्वारा लाठीचार्ज

0
1139
(फोटोः एएनआई ट्विटर)

कोलकाता, १७ मईः बङ्गालमा फेरि एकपटक मुख्यमन्त्री ममता ब्यानर्जी र सीबीआई मुखामुखी भएको छ।

नारद केसमा सीबीआईले आज बङ्गालका दुई मन्त्री सुब्रत मुखर्जी, फिरहाद हकिमलगायत तृणमूल कङ्ग्रेसका विधायक मदन मित्रा र पूर्व मेयर शोभन च्याटर्जीलाई पक्राउ गरेपछि ममता र केन्द्रीय जाँच ब्युरो मुखामुखी भएको हो।

आफ्ना मन्त्री र विधायकलाई पक्राउ गरेका कारण ममता तत्काल सीबीआई कार्यालय पुगेकी थिइन्। सीबीआईले तृणमूल नेताहरूमाथि मात्र कारबाही गरेकोमा उनले प्रश्न गरिन्।

“तृणमूल कङ्ग्रेस नेताहरूमाथि मात्र किन कारबाही गरिँदैछ”, ममताले सीबीआईलाई प्रश्न गरिन्, “भाजपामा गएका मुकुल राय र सुवेन्दु अधिकारीमाथि किन कारबाही गरिँदैन?”

मिडिया रिपोर्ट्सका अनुसार ममताले सीबीआई कार्यालयमै धरना शुरू गरेकी छन्। पक्राउ गरिएका मन्त्री र विधायकहरूलाई जबसम्म सीबीआईले रिहा गर्दैन, तबसम्म ममता धरना बस्ने बताइएको छ। यसैबीच, सीबीआई कार्यालयअघि जमा भएर विरोध प्रदर्शन गरिरहेका तृणमूल कङ्ग्रेस कार्यालयहरूले ढुङ्गामूढ़ा गरेपछि तनाउ सिर्जना भएको थियो। स्थितिमाथि नियन्त्रण गर्न पुलिसले तृणमूल कङ्ग्रेस कार्यकर्ताहरूमाथि लाठीचार्ज गर्न परेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here