तीनधारे, 28 मईः तीनधारे तथा यसका संलग्न क्षेत्रका मानिसहरूका लागि तीनधारे रेलवे अस्पतालमा कोरोना भ्याक्सिनेशन शुरू गरिनुपर्ने माग गरिएको छ।
आज यसैसन्दर्भमा तीनधारे कोविड कोअर्डिनेसन कमिटी पहलमा खरसाङका विधायक बीपी बजगाइँ र कोअर्डिनेशन कमिटीका सदस्यहरूले एडीआरएम एनजेपी सुरेश कुमार शर्मासँग भेट गरे उल्लिखित माग गरे।
एडीआरएम शर्माले यस विषयमा तत्कालै रेलवेका उच्चाधिकारीसँग कुराकानी गरी चाँड़ोभन्दा चाँड़ो तीनधारे रेलवे अस्पतालमा कोरोना भ्याक्सिनेसन शुरू गरिने प्रतिश्रुति दिएको कोविड कोअर्डिनेसन कमिटीका प्रचार प्रसार सचिव युवराज सुन्दासले जानकारी गराएका छन्।