पर्याप्त खोपको माग र खरीद गर्न ‘डबल इञ्जिन’ सरकार असफल : सोनाम ग्याछो शेर्पा

0
885

गान्तोक, 5 जूनः सिक्किमका लागि पर्याप्त खोपको माग र खरीद गर्न ‘डबल इञ्जिन’ सरकार असफल भएकाले नै कोरोना खोपका लागि प्राथमिकता समूह पहिचान गर्न सरकार बाध्य हुनुपरेको आईएम 371एफ अभियानका कार्यकारी सदस्य सोनाम ग्याछो शेर्पाले आरोप लगाएका छन्।

उनले शनिबार एक प्रेस बयान जारी गरी भनेका छन्, ‘डबल इञ्जिन सरकारले हरेक जीवन महत्त्वपूर्ण छ र प्रत्येकलाई सरकारको प्राथमिकता हुनुपर्दछ भन्ने बोध गर्नपर्दछ। खोपलाई लिएर सरकारले प्राथमिकताको समूहलाई सूचित गर्नाले सिक्किमका जनतामा झन् भ्रम र वैमनस्य उत्पन्न भएको छ। एसकेएम-भाजपा गठबन्धन सरकारले केन्द्र र राज्यबीच अझ राम्रो समन्वयका लागि गरेको प्रतिज्ञा पनि परिवर्तनजस्तै खोक्रो साबित भयो।‘

डबल इञ्जिनको सरकार पर्याप्त खोप खरीद गर्न असफल रहेको र सरकारले लकडाउनबाट प्रभावित मानिसहरूलाई कुनै पनि प्रकारको आर्थिक राहत दिन पनि नसकेको उनको शेर्पाको आरोप छ।

‘खोपमा भएको ढिलाइले गम्भीर आर्थिक र सामाजिक प्रभाव निम्त्याउनेछ। र, कोविड -19 का कारण धेरै मानिसले ज्यान गुमाउनु पर्नेछ’, उनले थप आरोप लगाएका छन्, ‘यसकारण केन्द्र सरकार र खोप निर्माता कम्पनीमाझ कुरा राख्न असफल भएको कारण राज्यमा कुनै विपत्तिजनक स्थिति विकसित भएमा त्यसको पूर्ण जिम्मेवार डबल इञ्जिन सरकार हुनेछ।‘

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here