27 केजीको सुनसहित एक पक्राउ

0
1470
राजस्व गुप्तचर निरेदशालयले शुक्रवार सिक्किमका व्यापारीबाट जफत गरिएको सुनको बिस्कुट र नगद राशि।
सिलगढ़ी, 22 सेप्टेम्बर : चीनबाट नथुला हुँदै सिक्किम ल्याएर सिलगढ़ी पुऱ्याइएको 27 केजी सुनसहित सिक्किमका एक व्यापारीलाई शुक्रबार राजस्व गुप्तचर निर्देशालय सिलगढ़ी पक्राउ गरेको छ। ती व्यापारीबाट जफत गरिएको सुनको बजार मूल्य  लगभग 8 करोड़ 60 लाख बताइएको छ। 27 वटा सुनको बिस्कुट बरामद गरिएको छ, प्रति बिस्कुटको ओजन एक केजी छ।
गोप्य सूचनाको आधारमा राजस्व गुप्तचर निर्देशालयका अधिकारीहरूले एक छापामारी अभियान चलाएर सिलगढ़ीको सेभोक रोडस्थित एक सिनेमा हल नजिक ती व्यापारीको वाहनबाट 27 किलोग्राम सुन बरामद गरेको हो।
वाहनबाट पाँच सय र दुई हजारको नोट गरी कुल 10 लाख रुपियाँ पनि राजस्व गुप्तचर निर्देशालयले बरामद गरेको छ। जानकारीका अनुसार बरामद गरिएका सुन चीनबाट नथुला हुँदै पहिला सिक्किम ल्याइएको थियो। त्यसपछि सिक्किमबाट सिलगढ़ी पुऱ्याइएको हो। विभागीय सूत्रका अनुसार बरामद गरिएको सुन र नगद राशि वाहनको सीटमुनि लुकाइएको थियो।
पक्रा परेका व्यापारीलाई शनिवार सिलगढ़ी अदालतमा उभ्याइनेछ। विभागले तस्करीको यो घटनाबारे गहन थप जानकारी जुटाउनका लागि गहन छानबिन गरिरहेको छ। उल्लेखनीय होस्, केही महिनायता सिलगढ़ीमा सुन तस्करीको घटनामा वृद्धि भएपछि राजस्व गुप्तचर निर्देशालयले यसमाथि गिद्दे दृष्टि राखेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here