सफल गायक/सङ्गीतकार सफल थापाको निधन

0
1453

सिलगढ़ी, 8 जूनः गीत/सङ्गीतमा आफ्नो जीवन खिप्ती गर्दै आएका वरिष्ठ गायक/सङ्गीतकार सफल थापा अब सशरीर हामीमाझ रहेनन्।

पारिवारिक सूत्रका अनुसार उनको हिजो राति 11.25 बजी सिलगढ़ी प्रधाननगरस्थित एक नर्सिङ होममा निधन भएको हो। पोस्ट कोविड कम्प्लिकेसन्सका कारण उनको निधन भएको बताइएको छ।

पछिल्ला 20 दिनदेखि उनी बिरामी रहेका उनी त्यस नर्सिङ होममा उपचाराधीन अवस्थामा थिए।

नक्सलबारी नेपाली उच्चतर माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका गायक/सङ्गीतकार सफल थापा अहिलेका चर्चित गायिका ‘दिदी-बहिनी’ स्नेहश्री र सानिध्य थापाका पिता हुन्।

गीत/सङ्गीतका लागि जहिल्यै केही गर्नका लागि हुटहुटिरहने उनले 80-को दशकको उत्तरार्धमा केही साथीहरूसँग मिलेर आफ्ना ससुरा एवं वरिष्ठ गायक/सङ्गीतकार अशोक राईको छत्रछायाँमा आरोही सङ्गीत टोली खोलेका थिए, जुन सङ्गीतिक टोली आजपर्यन्त सक्रिय छ।

नाममा अनुसार नेपाली सङ्गीत जगतमा ‘सफल’ रहेका उनले धेरै गीत गाउनका साथै दर्जनौँ गीतमा सङ्गीत पनि भरेका छन्।

उनले आफूपछि दुई छोरी स्नेहश्री र श्रीमती छोड़िदिएका छन्। पारिवारिक सूत्रका अनुसार उनको आज अन्तिम संस्कार गरिनेछ। सफल गायक/सङ्गीतकार सफल थापाको निधनमा संयुक्त कलाकार मञ्च दार्जीलिङले गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।

“दार्जीलिङले एकजना राम्रा र प्रतिबद्ध गायक/सङ्गीतकार गुमाएको छ। सफल थापाको निधन हाम्रा लागि ठूलो क्षति हो। हामी उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दछौँ”, वरिष्ठ सङ्गीतकार एवं संयुक्त कलाकार मञ्चका महासचिव जीवन प्रकाश प्रधानले भनेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here