सिलगढ़ी, 18 फरवरी : सोमवार सिलगढ़ीको महावीर स्थानका व्यवसायीहरूले पुलवामामा भएको आतङ्की हमलामा शहीद भएका जवानहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आ-आफ्ना पसल बन्द राखे।
सिलगढ़ी महावीर स्थान वेलफेयर सोसायटीको तर्फबाट महावीर स्थानमा आज बिहान 6 देखि बुलेकी 6 बजेसम्म व्यवसाय बन्द राख्ने घोषणा गरेको थियो। यसलाई व्यवसायीहरूले पूर्ण समर्थन जनाए।
यसअवधि उनीहरूले आ आफ्ना पसल मात्र बन्द राखेनन्, तर ऱ्याली निकालेर महावीर स्थान चोकमा भेला भइ विरोध प्रदर्शन पनि गरे। यसका साथै शहरका विभिन्न वार्डका मानिसहरूले पनि आज बेग्ला बेग्लै स्थानमा शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरे।