ब्रिगेन गुरुङ बने खरसाङ नगरपालिकाका अध्यक्ष

0
922

खरसाङ, 10 जूनः ब्रिगेन गुरुङ खरसाङ नगरपालिकाका अध्यक्ष बनेका छन्। आज उनी खरसाङ नपाका अध्यक्ष चयन भएका हुन्।

उल्लेखनीय छ, केही दिनअघि खरसाङ नगरपालिकाका अध्यक्ष कृष्ण लिम्बूविरुद्ध अविश्वासको प्रस्ताव पारित भएपछि अध्यक्ष पद रिक्त भएको थियो।

आज नगरपालिकाको प्रेक्षागृहमा बसिएको एक बैठकबिच गुरुङलाई अध्यक्ष बनाइएको हो।

जानकारीका अनुसार आजको बैठकमा कुल 15 जना नगरपार्षद्ले बिग्रेन गुरुङको नामलाई अध्यक्ष पदका लागि मोहर लगाए। कोरोना सङ्क्रमणका कारण आजको बैठकमा अनुपस्थित रहेका अन्य दुई नगरपार्षद्ले पनि उनलाई समर्थन बताइएको छ।

खरसाङ नगरपालिकामा कुल 20 नगरपार्षद् रहेका छन्, जसमध्ये एकजनाको निधन भएका कारण अहिले 19 नगरपार्षद् रहेका छन्। आजको बैठकमा नगपार्षदिका शान्ति राई र पूर्व नगरपालिका अध्यक्ष कृष्ण लिम्बू अनुपस्थित रहे।

बैठकमा जिल्लाशासकलाई प्रतिनिधित्व गर्दै डेपुटी म्याजिस्ट्रेट कुन्तल बोस तथा राज्य सरकारलाई प्रतिनिधित्व गर्दै नगरपालिकाका कार्यकारी अधिकारी रामकृष्ण दत्त र वित्तीय अधिकारी सुनिल चन्द्र उपस्थित थिए।

स्मरणरहोस् ब्रिगेन गुरुङ यसभन्दा अघि उपाध्यक्ष थिए। यसैगरी आजको बैठकमा सुवास प्रधानलाई उपाध्यक्ष चयन गरिएको छ।

नपा अध्यक्ष बनिएपछि ब्रिगेन गुरुङले आफू एक्लैले केही नगर्न नसक्ने भएकाले सबैबाट सहयोगको अपेक्षा राखे।

साथै रहल एक वर्षमा थाँतीमा रहेका सबै कार्य पूरा गर्ने गुरुङले दावी छ। “बिग्रेका कामलाई सपार्ने छौँ”, उनले भनेका छन्।

यसैबिच आज चयनित नगरपालिका अध्यक्ष र उपाध्यक्षलाई बधाई दिँदै विनयपन्थी मोर्चा महासचिव अनित थापाले ब्रिगेन गुरुङको नेतृत्वमा अब खरसाङ नगरपालिकाले थप राम्रो कार्य गर्ने तथा नगरवासीले असल कार्य देख्ने विश्वास व्यक्त गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here