48 मङ्सारी-मगरजोङ जीपीयूमा सेनिटाइजेशन कार्य

0
878

सोरेङ, 10 जूनः सोरेङ-च्याखुङ समष्टिअन्तर्गत् 48 मङ्सारी-मगरजोङ ग्राम पञ्चायत युनिट (जीपीयू)-का कुल पाँचवटा वार्डमध्ये आज दुईवटा वार्ड क्रमैले दुई नम्बर वार्डको सुन्तले बगानबारी र तीन नम्बर वार्डको दोकानडाँड़ा मगरजोङमा सेनिटाइजेशन कार्य गरियो।

कोरोना महामारीबाट यस जीपीयू र ग्रामवासीलाई सुरक्षित राख्नहेतु पञ्चायत अध्यक्ष मिक्की सुब्बा, उपाध्यक्ष विष्णुमाया छेत्री, पञ्चायत सदस्यद्वय पवित्र देवी छेत्री र मङ्गलसिंह सुब्बाको पहलमा यो सेनिटाइजेशन कार्य गरिएको हो।

सेनिटाइजेशनका लागि अत्यावश्यक पदार्थहरू दिएर बुदाङ जीपीयूनिवासी समाजसेवी सतीश हुक्पा सुब्बाले ठूलो सहयोग गरेका थिए भने सेनिटाइजेशन कार्यमा मणिकुमार तामाङ र प्रकाश सुब्बा खटिएका थिए।

स्मरणरहोस्, सतीश हुक्पा सुब्बाले क्षेत्रमा सेनिटाइजेशन कार्यका लागि लगातार रूपमा सहयोग पुऱ्याउँदै आइरहेका छन्।

आज दुई र तीन नम्बर वार्डका सार्वजनिक स्थल, भीड़भाड़ हुने ठाउँहरू, पसलहरू, सडककिनारका घरहरू, जम्बूडाँड़ा प्राथमिक पाठशाला, केन हाई स्कूल र होस्टेल, मङ्सारी आउटपोस्ट आदि ठाउँहरूमा सेनिटाइजेशन गरिएको थियो।

48 मङ्सारी-मगरजोङका कुल पाँचवटै वार्डमा क्रमैले सेनिटाइजेशन कार्य गरिने बताइएको छ।

उल्लेखनीय छ, आजको सेनिटाइजेशन कार्यमा बुदाङ जीपीयूका पञ्चायत सदस्य अनुज सुब्बा र स्थानीयवासी अजय सुब्बाले पनि सहयोग गरेका थिए।

यसैबिच पञ्चायत अध्यक्ष मिक्की सुब्बाले आजको सेनिटाइजेशन कार्यमा महत्त्वपूर्ण सहयोग पुऱ्याउनेहरू सतीश हुक्पा सुब्बा, बुदाङका पञ्चायत सदस्य अनुज सुब्बा, बुदाङनिवासी अजय सुब्बा र सेनिटाइजेशन कार्यमा खटिएका मणिकुमार तामाङ र प्रकाश सुब्बाप्रति आभार प्रकट गर्दै आगत दिनमा पनि यस्तै सहयोगको आशा साँचेकी छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here