क्रोएसियामाथि इङ्ल्यान्डको साँघुरो जीत

0
834

लन्डन, 13 जूनः युरो कप 2020 अन्तर्गत समूह डी-को पहिलो खेलमा इङ्ल्यान्डले क्रोएसियामाथि साँघुरो जीत दर्ता गरेको छ।

आज वेम्ले स्टेडियममा सम्पन्न खेलमा राइम स्टर्लिङको गोलको मद्दतमा इङ्ल्यान्डले यो जीत दर्ता गरेको हो।

यसका साथै पछिल्लो वर्ल्ड कपको सेमिफाइनलमा बेहोरेको हारको बद्ला पनि इङ्ल्यान्डले क्रोएसियासँग लिएको छ।

धेरै प्रतिस्पर्धी भएको यो म्याचको पहिलो हाफ गोलरहित सकिएको थियो। तर, दोस्रो हाफ शुरू भएको केही मिनटपछि अर्थात् खेलको 57औँ मिनटमा स्टेर्लिङले निर्णायक गोल गरी टिमलाई महत्त्वपूर्ण जीत दिलाए।

ठूला प्रतियोगितामा स्टर्लिङको यो पहिलो गोल थियो।

अर्कोतिर, युरो कपको समूह चरणको पहिलो खेलमा इङ्ल्यान्डले पहिलोपटक जीत दर्ता गरेको छ।

यसअघि कहिले पनि इङ्ल्यान्डले समूह चरणको पहिलो खेल जितेको थिएन।

समूह डी-मा अन्य दुई टिम स्कटल्यान्ड र चेक रिपब्लिक छन्।

भोलि भारतीय समय अनुसार बेलुकी 6.30 बजी यी दुई टिम भिड़्नेछन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here