रक्तदान गरौँ, विश्व रक्तदाता दिवसलाई सफल पारौँ

0
1114

-अरविन्द मास्के प्रधान

सुरक्षित रक्तदान गरेपछि रक्तदाताले दान गरेको रगतको सट्टा आफ्नो शरीरमा नयाँ रगतको उत्पादन नै अहिलेको महामारीमा तपाईंलाई सङ्क्रमित हुनदेखि बचाउने मुख्य कारणहरूमध्ये एक हो।

तपाईंको शरीरमा रहेको पुरानो रगतमा खुनमा विभिन्न प्रकारका किटाणुको बास हुन्छ, शरीरको सबै अङ्गका कुना-कुनासम्म पुगेर त्यो रगतले तपाईंको शरीरलाई  जताततै दुखाइ राखेको हुन्छ। त्यसैले पुरानो रगतलाई जतिसक्दो दान गरी कसैको ज्यान बचाउने काम त हामी गर्छौं नै आफ्नो शरीरलाई पनि सङ्क्रमित हुन देखि जोगाउछौँ। यो आपत्कालीन समयमा एउटा महत्त्वपूर्ण आवश्यकता पनि  हो। प्रत्येक वर्ष, विश्व रक्तदाता दिवस ‘लाइफ सेभिङ’-को रूपमा सुरक्षित रक्तदान अनि नयाँ रगतको  उत्पादनको आवश्यकताको बारेमा जागरूकता फैलाउन जून 14 विश्व रक्तदाता दिवसको रूपमा मनाइन्छ।

यस कोविड-१ महामारीको अवधिमा, धेरै व्यक्तिले रक्तदाताहरूको आवश्यकता धेरै बिरामीहरूको स्वास्थ्य र जीवनको गुणस्तरमा सुधार गाउँ-शहरतिर व्यापक रूपमा मानिसहरूलाई जागरुक गराउने काम गरिरहेका छन्। कालेबुङ  जिल्ला अस्पताल र निजी अस्पतालहरूमा बिरामीलाई परेको खण्डमा रगतको आपूर्तिका लागि काम गरिरहेको कालेबुङ जिल्ला स्वैच्छिक रक्तदाता मञ्चको भूमिकालाई सराहना गर्नुपर्ने हुन्छ।

टोलीका सबै सदस्यले आफ्नो ज्यानको पर्वाह नगरी आवश्यकता परेकाहरूका लागि महत्त्वपूर्ण भूमिका खेलेको देखिरहेका छौँ। यस महामारीको समयमा पनि  धेरै  रक्तदाताले रक्तक्षेपणको खाँचो पर्ने बिरामीहरूलाई रगत र प्लाज्मा दिने काम निरन्तर गरिरहेका छन्। यो असाधारण कार्यले सामान्य र आपत्कालीन समयमा सुरक्षित र पर्याप्त रगत आपूर्ति सुनिश्चित गर्न व्यवस्थित, प्रतिबद्ध, स्वैच्छिक, गैर-पारिश्रमिक रक्तदाताहरूका महत्त्वपूर्ण भूमिकालाई प्रकाश पारेको छ।

विश्व रक्तदाता दिवसको सुअवसर पारी 14 जून 2021-का  दिन कालेबुङ डिस्ट्रिक भोलेन्टियर ब्लड डोनर्स फोरम र लाइफ लाइन सोशल अर्गनाइजेशन गोरुबथानको संयुक्त आयोजनामा तथा जिल्ला अस्पताल कालेबुङ र रेड क्रस सोसाइटी कालेबुङ महकुमा ब्राञ्चको सहयोगमा  एकदिने रक्तदान शिविर जिल्ला अस्पताल कालेबुङको ब्लड ब्याङ्कमा राखिएको छ ।

सम्पूर्ण कालेबुङवासीलाई निवेदन गर्दछौं कृपया यो महत्त्वपूर्ण दिनलाई अझ महत्त्वपूर्ण बनाउन तपाईंहरू अघि आएर रक्तदानमा गर्नुस्।

इतिहास साक्षी छ, वीर गोर्खाहरूले आफ्नो बहुमूल्य रगत बगाएर विश्वभर लड़िएका युद्धहरूमा आफ्नो वीरता देखाए। एक रक्तदाता भएर कसैको जीवन बचाउन र आफ्नो शरीरमा पनि नयाँ ऊर्जा भर्ने काम गरी विश्वलाई देखाउनु छ।

अन्तर्राष्ट्रियस्तरमा मनाइने रक्तदाता दिवसमा विश्वभर रक्तदान शिविरहरूका आयोजना भइरहेको  बेला हाम्रो क्षेत्रको  रक्तदाताहरूलाई उनीहरूका बहुमूल्य कदम र जनताको जीवन बचाउनका लागि  यस्तो महामारीमा पनि अघि आई रक्तदान गर्छु भन्ने सोच बोकेका सबैलाई फोरमको पक्षबाट हामी धन्यवाद दिन चाहन्छौँ। साथै उनीहरूलाई प्रोत्साहित गर्नु हुने सबैप्रति पनि हामी आभार प्रकट गर्दछौँ।

विश्व रक्तदाता दिवस 2021 सफल रहोस्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here