युरो कपमा स्पेनको निराशाजनक सुरुआत, अल्झ्यो स्वीडेनसँग

0
1042

म्याड्रिड, 15 जूनः स्पेनले युरो कप-2020 मा स्पेनले निराशाजनक सुरुआत गरेको छ।

सोमबार मध्यराति आफ्नै घरेलु मैदानमा बलियो स्पेन स्वीडेनसँग गोलरहित बराबरीमा अल्झेको हो।

खेलभरि स्पेनको ढलीमली रहे पनि गोल गर्न भने स्पेनिस खेलाड़ीहरू असफल रहे।

स्पेनले रेकर्ड 917 पास त खेल्यो तर एकै गोल पनि गर्न सकेन। यसअवधि स्पेनिस खेलाड़ीले विपक्षी गोलपोस्टमा 17 प्रहार गरेका थिए, जसमध्ये 5 प्रहार अनटार्गेट र अन्य अफटार्गेटरहेका थिए।

स्पेनिस खेलाड़ीहरूले गोल गर्ने केही राम्रा अवसरहरू पनि खेरो फ्याँकेको थिए।

अर्कोतिर, स्वीडेनले अत्यन्त रक्षात्मक खेल देखाएका थिए। खेलभरि स्वीडेनका खेलाड़ीहरूले केवल 162 सफल पास खेलेका थिए।

स्पेन र स्वीडेन समूह ’-मा छन्। यो समूहका अर्का दुई टिम पोल्यान्ड र स्लोभाकिया हुन्।

स्लोभाकिया तीन अङ्कसहित शीर्ष स्थानमा छ। हिजै सम्पन्न खेलमा पोल्यान्डमाथि स्लोभाकियाले 2-1को जीत दर्ता गरेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here