मिडियाकर्मीहरूको कौशल विकासका लागि बजेटमा प्रावधान

0
853

गान्तोक, 15 जूनः सिक्किममा मिडियाकर्मीहरूको कौशल विकासका लागि राज्य सरकारले बजेटमा प्रावधान राखेको छ।

सोमबारदेखि शुरू भएको विधानसभाको सत्रअन्तर्गत वित्तवर्ष 2021-22 को बजेट भाषण सदनमा राख्ने क्रममा मुख्यमन्त्री पीएस गोलेले आफ्नो सरकारले राज्यका मिडियालाई अधिक जीवन्त, नवोन्मेषी र प्रतिस्पर्धी बनाउन चाहेको बताए।

आधुनिक सिक्किम निर्माणमा मिडियाले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै सामाजिक तथा अन्य इलेक्ट्रोनिक मिडियाजस्ता गैर-पारम्परिक मिडिया उपकरणद्वारा ल्याइएका गम्भीर परिवर्तनबिच सिक्किमका मिडियाकर्मी र संस्थानहरूले चुनौतीहरूका दृढ़तापूर्वक सामना गरिरहेका मुख्यमन्त्रीले उल्लेख गरेका छन्।

अर्कोतर्फ राज्यमा मिडियाकर्मीलाई सरकारले अघिबाटै अग्रपङ्क्तिका योद्धा घोषित गरिसकेको मुख्यमन्त्रीले बताए।

उनले भने, “हामीले अघिबाटै प्रेस क्लब अव् सिक्किमलाई गान्तोकमा एउटा कार्यालय भवन प्रदान गरेका छौँ। हामीले सिक्किममा कोविड-19 महामारीको प्रबन्धनमा डाक्टर, नर्स, सफाइकर्मी, सुरक्षाकर्मी र अन्य चिकित्सा कर्मचारीहरूसितै मिडियाकर्मीहरूलाई पनि अग्रिम पङ्क्तिका योद्धा घोषित गरिसकेका छौँ। राज्यका सबै मिडियाकर्मी प्राथमिकताको आधारमा टीकाकरणसहित अग्रिम पङ्क्तिका योद्धाहरूलाई उपलब्ध/विस्तारित सुविधाका हकदार बनिसकेका छन्।”

राज्यका मिडियाकर्मीहरूलाई देशभरि र वैश्विक स्तरमा भइरहेको सबै कुराका अवलोकन गर्न सक्षम बनाउन सरकारले  राज्यमा मिडिया अध्येतावृत्ति स्थापित गर्ने निर्णय लिएको मुख्यमन्त्रीले जनकारी गराए।

उनले भने, “यी अध्येतावृत्तिअन्तर्गत सिक्किममा मिडियाकर्मीहरूलाई अवसर प्राप्त हुनेछ, जसले उनीहरूलाई थप कौशलता प्रदान गर्नेछ भने विभिन्न विकास योजना र परियोजनाहरूका तुलनात्मक रूपमा अधिक निष्पक्ष र वैज्ञानिक रूपले मूल्याङ्कन गर्नमा सहयोग पुर्‍याउनेछ।”

यसले पत्रकारहरूमा प्रतिस्पर्धी व्यवसायी भावनालाई थप पोषित गर्ने मुख्यमन्त्रीको भनाइ छ।

मुख्यमन्त्रीले बजेट भाषणमा बताएअनुसार, मिडिया अध्येतावृत्तिले प्रत्येक चयनित मिडियाकर्मीलाई देश र बाहिर उच्च प्रभावी कुनै पनि ठूलो विकास परियोजनाको भ्रमण, त्यसको मूल्याङ्कन गर्ने, स्थलगत रूपमा प्रतिवेदन शृङ्खला तयार गर्ने र सिक्किम सरकारलाई पूर्ण अन्तिम प्रतिवेदन प्रस्तुत गर्ने अधिकार दिनेछ।

यस प्रतिवेदनमा सिक्किम र सिक्किमवासीका लागि यस प्रकारका परियोजनाहरू कसरी उपयोगी हुनसक्छन् भन्नेबारे सुझाउ र टिप्पणीहरू पनि समावेश गरिनेछन्।

उनले थप जानकारी गराएअनुसार यसको लाभ सिक्किमका सबै मान्यताप्राप्त पत्रकार/मिडियाकर्मीलाई मिल्नेछ।

सरकारले प्रतिवर्ष विभिन्न 10 अध्येतावृत्ति तय गरेको छ र अध्येतावृत्ति राशि प्रतिवर्ष 1 लाख रुपियाँ रहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here