रोनाल्डोको जोड़ी गोलले पोर्तुगलको सहज जीत

1
987

बुडापेस्ट, 15 जूनः डिफेन्डिङ च्याम्पियन पोर्तुगलले जीतसँग युरो कप 2020 –को सुरुआत गरेको छ।

आज समूह ‘एफ’-को पहिलो खेलमा पोर्तुगलले हङ्गेरीमाथि 3-0 को सहज जीत दर्ता गरेको हो।

पोर्तुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा राफयल गुरेरो एक गोल गरे।

यी तीनै गोल खेलको अन्त्यतिर भएको हो।  

खेलभरि आफ्नो बलियो पकड़ बनाए पनि पहिलो गोलका लागि भ्रमणकारी पोर्तुगलले ठूलै सङ्घर्ष गर्न परेको थियो। यद्यपि पहिलो गोलपछि करिब 8 मिनटभित्र थप दुई गोल थप्यो।

83औँ मिनटसम्म बलियो पोर्तुगललाई रोकेर राखेको हङ्गेरीले 84औँ मिनटमा पहिलो गोल खाएको थियो।

राफयल गुरेरो डिबक्सभित्र हिर्काएको सट हङ्गेरीका डिफेन्डरलाई लागेर बलले जाली चुमेको थियो।

यसको लगत्तै तीन मिनटपछि क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गरी टिमलाई 2-0 को अग्रता दिलाए। यसपछि खेलको 92औँ मिनटमा क्रिस्टियानो रोनाल्डोले व्यक्तिगत दोस्रो गरी टिमलाई 3-0 सहज जीत दिलाए।

खेलभरि पोर्तुगलले 670 सफल पास खेल्दै 11 पटक हङ्गेरीको गोलपोस्टमा प्रहार गरेको थियो, जसमा 7 प्रहार अनटार्गेट र बाँकी अफटार्गेट रहेका थिए।

अर्कोतिर, हङ्गेरीले केवल 294 सफल पास खेली 5 पटक पोर्तुगलको गोलपोस्टमा प्रहार गरेको थियो, जसमा 3 प्रहार अनटार्गेट रहेका थिए।

यो जीतसँगै ‘ग्रुप अव् डेथ’-मानिएको समूह ‘एफ’-मा पोर्तुगल शीर्ष स्थानमा उक्लेको छ।

1 टिप्पणी

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here