रियो डि जेरेनियो, 18 जूनः उत्कृष्ट लयमा रहेको ब्राजीलले कोपा अमेरिकाको दोस्रो खेलमा पेरुविरुद्ध फराकिलो जीत दर्ता गरेको छ।
आज बिहानपख खेलिएको समूह ‘बी’-खेलमा ब्राजीलका चार खेलाड़ी समान एक-एक गोल गर्दा पेरुविरुद्ध 4-0 को जीत दर्ता गरेको हो।
खेलको 12औँ मिनटमा डिफेन्डर एलेक्स सेन्ड्रोले गोल गरेपछि पहिलो हाफमा ब्राजीलले 1-0 ले अघि रहेको थियो।
दोस्रो हाफमा ब्राजीलले झन् उत्कृष्ट खेल देखायो। स्टार स्ट्राइकर नेइमारले 68औँ मिनटमा गोल गरी टिमलाई 2-0 को अग्रता दिलाए। त्यसपछि 89औँ मिनटमा एभर्टन रिबेरोले गोल गरेपछि ब्राजील 3-0 ले अघि बन्यो।
खेलको अन्त्यतिर 93औँ मिनटमा रिचार्लिसनले थप एक गोल गरी जीतको अन्तरलाई बढ़ाए।
उल्लेखनीय छ, यसभन्दा अघि पहिलो खेलमा पनि ब्राजीलले भेनेजुएला 3-0 को गोलअन्तरले पराजित गरेको थियो।