युरो कपः बेल्जियम र निदरल्यान्ड्स अन्तिम 16 –मा

0
1009

कोपनहगेन, 18 जूनः इटालीपछि बेल्जियम र निदरल्याण्ड्स पनि युरो कपको अन्तिम 16 –मा पुगेको छ।

कोपनहगेनमा खेलिएको समूह ‘बी’-को दोस्रो खेलमा बलियो बेल्जियमले डेनमार्कविरुद्ध 2-1 को गोलअन्तरले पराजित गरी अन्तिम 16 –मा स्थान बनाएको हो। बेल्जियमका लागि थोर्गन हेजार्ड र केविन डी ब्रुयन गोल गरे।

शुरूदेखि आक्रामक फुटबल खेलेको डेनमार्कका लागि खेलको दोस्रो मिनटमै युसुफ पल्सनले गोल गरेका थिए।

यो अग्रतालाई डेनमार्कले पहिलो हाफसम्म जोगाउन सक्यो तर दोस्रो हाफमा बेल्जियमका स्टार खेलाड़ीद्वय इडेन हेजार्ड र केविन डी ब्रुयन मैदानमा छिरेपछि खेल पल्टियो।

दोस्रो हाफ शुरू भएको करिब 9 मिनट अर्थात् खेलको 54औँ मिनटमा थोर्गन हेजार्डले गोल गरी म्याचलाई एक-एकको बराबरीमा ल्याए। त्यसपछि केविन डी ब्रुयनले 70औँ मिनटमा निर्णायक गोल गरी टिमलाई जीत दिलाए।

समूह ‘बी’-मा बेल्जियमको यो लगातार दोस्रो जीत हो। यसभन्दा अघि पहिलो खेलमा बेल्जियमले रसियालाई 3-0 को गोलअन्तरले पराजित गरेको थियो।

अर्कोतिर, निदरल्याण्ड्सले पनि समूह ‘सी’ आफ्नो दोस्रो खेलमा अस्ट्रियालाई 2-0 को गोलअन्तरले पराजित गरी अन्तिम-16 –मा स्थान बनाएको हो। निदरल्याण्ड्सका लागि खेलको 11औँ मिनटमा मेम्फिस डिपेले पेनाल्टीमार्फत् गोल गरी टिमलाई 1-0 अग्रता दिलाएका थिए।

पहिलो हाफमा 1-0 को अग्रता बनाएको निदरल्यान्ड्सले दोस्रो हाफमा पनि थप एक गोल थप्यो। यसपटक डेन्जेल डमफ्रिजले खेलको 67औँ मिनटमा गोल गरेका थिए।

समूहमा शीर्ष स्थानमा रहेको निदरल्यान्ड्सको यो लगातार दोस्रो जीत हो। यसभन्दा अघि निदरल्यान्ड्सले युक्रेनलाई 3-2 को गोलअन्तरले पराजित गरेको थियो।

अर्कोतिर समूह ‘सी’-मा हिजै बेलुकी सम्पन्न खेलमा युक्रेनले उत्तर मेसिडोनियालाई 2-1 –ले पराजित गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here