22.5 ग्राम ब्राउन सुगरसहित नगद चार लाख जफत, तीन पक्राउ

0
924

गान्तोक, 19 जूनः  सिङ्ताम पुलिसले ड्रग्स तस्करी सम्बन्धित ठूलो भण्डाफोर गर्न सफल भएको छ।

जानकारीका अनुसार 22.5 ग्राम ब्राउन सुगर र चार लाख रुपियाँ नगदसहित सिङ्ताम पुलिसले तीन व्यक्तिलाई पक्राउ गरेको छ।

विश्वस्थ सूत्रले दिएको जानकारीका आधारमा लोअर लिङ्जे बस्तीको एउटा घरमा लागूपदार्थ बिक्री हुने गरेको जानकारी पुलिसले प्राप्त गरेको थियो। यसै आधारमा  पुलिसले उक्त घरको तलासी लिँदा 22.5 ग्राम ब्राउन सुगर र नगद चार लाख रुपियाँ फेला पारेको हो।

घर मालिक तथा ड्रग्स तस्करीका मुख्य आरोपी चक्रबहादुर खड्का उर्फ मनोज उर्फ माओवादी पुलिस आएपछि नजिकैको जङ्गलतर्फ भागेका थिए।

यसपछि तस्करीमा सहयोगीका रूपमा रहेकी चक्रबहादुर खड़्काकी पत्नी गीता छेत्रीलाई पुलिसले पक्राउ गर्‍यो।

भागेका मुख्य आरोपीको खोजीमा पुलिसले व्यापक अभियान चलाएको फलस्वरूप 28 घण्टापछि हिजो राति मुख्य आरोपी र उसका साथी वीरेन्द्र रावत उर्फ तूफानलाई लुम्सेबाट पक्राउ गरेको छ।

पुलिसले तीनै आरोपीविरुद्ध एनडीपीएसको सम्बन्धित धारा अन्तर्गत मुद्दा दर्ता गरी छानबिन कार्य अघि बढ़ाएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here