रोड टु ओलम्पिक 2020 आरम्भ

0
954

गान्तोक, 23 जूनः खेल एवं युवा मामिला विभागका मन्त्री कुङ्गा निमा लेप्चाले आज महिनाव्यापी कार्यक्रम ‘रोड टु ओलम्पिक 2020’ को शुभारम्भ गरे।

यस अभियानको मुख्य उद्देश्य खेलकुदलाई प्रोत्साहित गर्नु तथा खेलकुदलाई जीवनको अभिन्न अङ्ग बनाउन सन्देश प्रचार प्रसार गर्नु रहेको छ।

आजदेखि शुरू भएको यो अभियान 23 जुलाई, 2021 मा समाप्त हुनेछ।

यसबारे बोल्दै मन्त्री लेप्चाले राज्य तथा देशभरिकै खेलाड़ीहरूलाई प्रोत्साहित अनि समर्थन गर्नुपर्ने आवश्यकतामाथि बल दिए।

उनले टोक्यो ओ​लम्पिकमा भारतीय खेलाड़ीहरूको ठूलो दलले भाग लिइरहेको र आफूहरू एक भारतीय नागरिक भएको नातामा खेलाड़ीहरूको मनोबल बढ़ाउनुपर्ने बताए।

मन्त्री लेप्चाले ओ​लम्पिक गेम्समा भारतका खेलाड़ीहरूले धेरैभन्दा धेरै मेडल जित्न सफल बनून् भन्दै यसका लागि देशवासीहरूले खेलाड़ीहरूलाई समर्थन गर्न आवश्यक रहेको बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here