गोलीकाण्डमा मर्नेको सङ्ख्या दुई पुग्यो, एसएफआईले निकाल्यो र्‍याली

0
1062
शुक्रवार इस्लामपुर गोलीकाण्डको विरोधमा एसएफआईद्वारा निकालिएको प्रतिवाद ऱ्याली। 

सिलगढ़ी, 21 सेप्टेम्बर : इस्लामपुरमा पुलिसले चलाएको गोली लगाएर विद्यार्थीको मृत्युको घटनाविरुद्घ एसएफआईले शनिवार राज्यभरि विद्यार्थी हड़तालको आह्वान गरेको छ। यो हड़तालको समर्थनमा एसएफआई दार्जीलिङ जिल्ला कमिटीले सिलगढ़ीमा एक ऱ्याली निकाल्यो।

शुक्रवार सिलगढ़ीको अनिल विश्वास भवन अघिबाट शुरु भएको यो ऱ्यालीले विभिन्न क्षेत्र परिक्रमा गरी पुनः अनिल विश्वास भवन आएर समाप्त भएको थियो। ऱ्यालीमा एसएफआई दार्जीलिङ जिल्ला कमिटीका नेता तथा समर्थक सामेल थिए।
बङ्ग्ला माध्यमका शिक्षक नियुक्तिको मागमा विद्यार्थीहरूले गरेको पथावरोधलाई लिएर पुलिस र प्रदर्शनकारी विद्यार्थीहरूबीच झमेला हुँदा चलेको पुलिसको गोलीबाट थप एकजनाको मृत्यु भएको छ। मृत्यु भएको विद्यार्थीको नाम तापस बर्मनको मृत्यु भएको छ। आज सखारै बिहान प्रायः 4 बजी उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा उपचाराधीन अवस्थामा मृत्यु भयो। हिजो पुलिसको गोली लागेर राजेश सरकार (27)-को मृत्यु भएको थियो। अर्कोतिर बिहीवारको यो घटनाको प्रतिवादमा भारतीय जनता पार्टीले शुक्रवार उत्तर दिनाज जिल्लामा 12 घटना बन्दको आह्वान गरेको छ। राष्ट्रिय राजमार्ग -34 मा एक सरकारी बसलाई तोड़फोड़ गरिएको बताइएको छ।
उल्लेखनीयहोस्, बिहीवार बङ्ग्ला माध्यमको  शिक्षक नियुक्तिको मागमा विद्यार्थीहरूद्वारा उत्तर दिनाजपुर जिल्लाको इस्लामपुरको द्वारिभिट्टा हाई स्कूलका विद्यार्थीहरूसमेत पूर्व विद्यार्थीहरूले पथ अवरोध गरेका थिए। घटनाको जानकारी पाएलगत्तै इस्लामपुर पुलिस घटनास्थलमा पुगेको थियो। पुलिसले जबर्जस्ती पथ अवरोध हटाउन खोज्दा प्रदर्शनकारी विद्यार्थी र  पुलिसबीच झड़प भएको थियो। पुलिसले जबर्जस्ती गरेपछि आक्रोशित बनेका प्रदर्शनकारीहरूले ढुङ्गामूढ़ा गरेका थिए। यसपछि वातावरण तनाउपूर्ण पुलिसले ती प्रदर्शनकारीहरूलाई लाठीचार्ज गर्नका साथै गोली हिर्काएका थियो। पुलिसको गोली लागेर हिजो राजेश सरकारको मृत्यु भएको थियो। प्रदर्शनकारीहरूको आरोप छ, पुलिसद्वारा चलाइएको गोलीले नै राजेशको मृत्यु भएको हो। घटनामा चार पुलिसकर्मीसहित अन्य 10 मानिस घाइते भएका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here