राजु बिष्ट र बीपी बजगाइँजस्तो म बाहिरको होइनः विनय

0
909

कालेबुङ, 23 जूनः आज पार्टीको साङ्गठनिक बैठकका लागि टिस्टा आइपुगेका गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङले आफू राजु बिष्ट र बीपी बजगाइँजस्तो बाहिरको नरहेको बताए।

विशेषगरी शुरूदेखि नै दार्जीलिङका सांसद राजु बिष्टलाई ‘बाहिरको’ – बताउँदै आएका विनयले आज टिस्टामा पनि यो ‘बाहिरको’ भन्ने बयानलाई दोहोऱ्याएका हुन्।

 “म राजु बिष्ट भाइजस्तो बाहिरको होइन। म बीपी बजगाइँ भाइजस्तो बाहिरको होइन”, उनले थपे, “म यहींकै हुँ। यहाँका जनताको हित र भलाइ कसरी गर्नसकिन्छ, हामी त्यहीमाथि काम गरेका हुन्छौँ।”

विनयका अनुसार चाँड़ोभन्दा चाँड़ो समस्या समाधान गर्नका लागि जनताले पनि सही प्रतिनिधिलाई सही जग्गामा राख्नुपर्छ। दार्जीलिङ र खरसाङमा हारे तापनि अहिले पनि आफूहरूले काम गरिरहेको उनको दावी छ।  

बैठकपछि उनले पत्रकारहरूलाई सम्बोधन गर्दै राष्ट्रिय राजमार्ग क्षेत्रका विविध समस्यामाथि आफ्नो विचार राख्दै ती समस्याहरूका समाधानका लागि पार्टीले निरन्तर कार्य गरिरहेको पनि दावी गरेका छन्।

अर्कोतिर, आजको बैठकमा टिस्टा बजारको शाखा (तीनवटा बूथ)-का विशाल राई र शरण छेत्रीलाई संयोजक मनोनित गरिएको पनि तामाङले जानकारी गराए। साथै पूर्णाङ्ग समिति गठन नभएसम्म टिस्टा शाखा सोझै आफ्नो निगरानी रहने र कालेबुङ जिल्ला तथा अन्य कुनै कमिटीले हस्तक्षेप गर्न पनि नपाउने बताएका छन्।

अर्कोतिर राष्ट्रिय राजमार्गवासीका लागि छुट्टै खण्ड गठन हुनुपर्ने पनि माग दोहोऱ्याए।

यसैबिच, विनय तामाङले छुट्टै राज्य उत्तर बङ्गाल गठनको मागलाई चैत वैशाखको हावाले उड़ाएर ल्याएप ‘पात पतिङ्गर’-को संज्ञा दिएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here