केही छुटसहित बङ्गालमा फेरि बढ़्यो ‘कोविड प्रतिबन्ध’

1
1180

कोलकाता, 28 जूनः केही छुटसहित बङ्गालमा ‘कोविड प्रतिबन्ध’-लाई आउँदो 15 जुलाईसम्मका लागि बढ़ाइएको छ। आज राज्य सचिवालय नवान्नमा पत्रकारहरूलाई सम्बोधन गर्दै केही छुटसहित राज्यमा जारी कोविड प्रतिबन्धलाई आउँदो 15 जुलाईसम्मका लागि बढ़ाइएको जानकारी गराएकी हुन्।

मुख्यमन्त्रीका अनुसार राज्यमा वाहनहरूको चलाचल खुला रहनेछ। यद्यपि वाहनहरूले क्षमताको 50 प्रतिशत यात्रु बोक्न पाइनेछ। वाहनहरूका चालक र अन्य कर्मचारीहरूका लागि कोरोना खोप, प्रतिदिन वाहनहरूलाई सेनिटाइजेसन र वाहनमा सवार सबैले अनिवार्य रूपमा मास्कको प्रयोग गर्न पर्नेछ।

राति 9 बजेदेखि बिहानको 5 बजेसम्म वाहन र मानिसहरूको चलाचलमा पूर्ववत् प्रतिबन्धै रहनेछ। यद्यपि यसअवधि आवश्यकीय सेवाका लागि भने आउजाउ गर्न पाइनेछ।

त्यस्तै सेलुन, ब्युटी पार्लर बिहान 11 बजेदेखि बेलुकी 6 बजेसम्म पनि खुला रहनेछन्। यद्यपि एकपटकमा क्षमताको 50 प्रतिशत ग्राहकले प्रवेश पाउनेछन्। सेलुन र ब्युटी पार्लरलाई नियमित सेनिटाइजेशन गरिनुपर्नेछ। साथै कर्मचारीहरूलाई खोप उपलब्ध गराइनु पर्छ।

यसैगरी जिम पनि बिहान 6 बजेदेखि 10 बजेसम्म र बेलुकीको चार बजेदेखि रातिको 8 बजेसम्म खुला रहनेछ।

सब्जी र माछा बजार बिहान 6 बजीदेखि 12 बजीसम्म खुला रहनेछन्। यसभन्दा अघि सब्जी र माछा बजार बिहान 7 बजेदेखि 11 बजेसम्म खुला रहँदै थियो।

अन्य दोकानहरू बिहानको 11 बजेदेखि रातिको 8 बजेसम्म खुला रहनेछन्।

1 टिप्पणी

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here