बन्द हुनसक्छ भारतमा वाट्सएप, तेस्रोपटक कम्पनीलाई नोटिस

0
1515
साङ्केतिक फोटो।

नयाँ दिल्ली, 21 सेप्टेम्बर : भारतमा वाट्सएप बन्द हुनसक्छ। यसका लागि सरकारले विचार-विमर्ष गरिरहेको छ। फेक न्युजलाई लिएर भारत सरकार र वाट्सएपबीच चलिरहेको मतभेदकै कारण वाट्सएप बन्द हुनसक्ने बताइएको छ। फेक न्युजलाई लिएर भारत सरकार र वाट्सएपबीच केही समययता मतभेद चलिरहेको छ।
भारत सरकारले वाट्सएपबाट म्यासेज ट्रयाक गर्ने अनुमति मागेको थियो, तर प्राइवेसीको तर्क दिँदै वाट्सएपले यस्तो गर्न अस्वीकार गऱ्यो। अहिले सूचना प्रौद्योगिकी (आईटी) मन्त्रालयले वाट्सएपलाई तेस्रो नोटिस पठाउने विचार गरिरहेको छ।
गत जुलाई महिनापछि यो तेस्रो आधिकारिक पत्र हुनेछ। यो पत्रमार्फत सरकारलेफेसबुकको स्वामित्वमा रहेको कम्पनीलाई आफ्नो माग पूरा नगरेमा देशमा वाट्सएपलाई बन्द गरिने कुराबारे अवगत गराउने बताइएको छ। सरकारको माग छ, म्यासेजको स्रोतको जानकारी प्राप्त गर्ने अनुमति पाइयोस्। त्यहीं वाट्सएपले फेक न्युजको सम्प्रचारमाथि रोक लगाउनका लागि धेरै उपाय गरेको छ। फेक न्युज नफैलियोस् भनेरै अहिले केवल पाँच ग्रुपमा एकपटक कुनै खबर पठाउन  सकिने नियम बनाएको छ, जुन पहिला 250 –मा पठाउन सकिन्थ्यो।
 देशमा अहिलेघरी मब लिन्चिङको घटना अत्यधिक बढ़ेको छ। यस्ता धेरै घटना वाट्सएपबाट फेक न्युज पठाएको कारण भइरहेको छ। सरकारले वाट्सएपलाई अघिबाटै दुईपटक नोटिस पठाइसकेको छ। दोस्रो नोटिसमा कम्पनीलाई यस्तो मामिलामा वाट्सएप मूकदर्शक बनिरहे कानुनी परिणाम भोग्ने सरकारले चेताउनी दिएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here